शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • धनलाल पाध्यायले गरे नगरसभापतीको उम्मेद्धारी घोषण

धनलाल पाध्यायले गरे नगरसभापतीको उम्मेद्धारी घोषण

  • बुधबार, अशोज ६, २०७८
धनलाल पाध्यायले गरे नगरसभापतीको उम्मेद्धारी घोषण

बाजुरा — बडिमालिका नगरपालिकाको नेपाली काँग्रेसको नगर सभापतीमा धनलाल पाध्यायले आफ्नो उम्मेद्धारी रहने बताएका छन । १४औँ महाधिबेसन तथा ७ औ जिल्ला अधिबेशनको तयारीमा रहेको नेपाली काग्रेस बाजुरामा एक पछि अर्कोले आ-आफ्नो उम्मेद्धारी दिने तयारीका साथ धनलाल पाध्यायले पनी बडिमालिका नगरपालिकाको नगरसभापतीमा आफ्नो उम्मेद्धारी घोषण गरेका हुन ।
कांग्रेस बाजुरामा नेतृत्वका लागी दौडधुप चलिरहेका बेला पाध्यायले बडिमालिका नगरपालिकाको नगरसभापतीको उम्मेद्धारी घोषण गरेको बताएका छन ।

बडिमालिका नगरपालिका वडा नम्मर ७ रजातोलीमा जन्मिएका पाध्यायले नेपाली कांग्रेसको सातौ जिल्ला अधिवेशनमा नगरसभापतीमा आफ्नो उम्मेद्धारी रहेको बताएका छन । २०४८ सालबाट नेपाली कांग्रेसको राजनितिक यात्रा सुरु गरेका धनलाल पाध्यायले २०५६ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता प्राप्त गरेका थिए ।

भने २०६२ देखी २०६३ मा पाध्याय बडिमालिका नगरपालिको साविकको मार्तडी गाविसको दुई पटक उपसभापती समेत भई हाल बडिमालिका नगरपालिकाको पनि उप सभापतीको रुपमा रहेका छन । त्यस्तै २०६७ देखी २०७१ मा राजनितिकमा योगदान दिदै नेपाली काग्रेसको साविकको मार्तडी गाविसको सभापती समेत निर्वाचित हुनु भएका पाध्याय २०७३ मा बडिमालिका नगरपालिकाको कार्यबाहक सभापती भएर पाटीको महत्वपुणर् पदमा रही विस्वसनीय काम गरेको पाध्यायले बताए ।

पाध्यायले पाटीको महत्वपुणर् पदमा बसेर आफुले पाटीलाई बलियो बनाउने र महिला, दलित र पिपन्न गरिब जनताका हकहितका आवजहरुलाई बुलन्ध गर्दै आज यहाँ सम्म आईपुगेको बताए । नेपाली कांग्रेसको १४ आैँ महाधिवेशन तथा बाजुराको सातौँ जिल्ला अधिवेशनको तयारीमा रहको बाजुरामा नेपाली कांग्रेसका शिर्ष स्थानमा रहेका नेता तथा बिभिन्न भातृ संगठनको नेतृत्व समाल्दै आएका नेताहरुले वडा देखी केन्द्र सम्मको बिभिन्न पदमा उम्मेद्धारी घोषण गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार