शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पिसाबमा रगत देखिनु कति खतरनाक ?

पिसाबमा रगत देखिनु कति खतरनाक ?

  • सोमवार, अशोज ४, २०७८
पिसाबमा रगत देखिनु कति खतरनाक ?

पिसाब गर्ने प्रक्रियालाई गम्भीरताका साथ नलिँदा धेरै प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ । उमेरसँगै पिसाब र प्रजनन प्रणालीसँग जोडिएका समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यससम्बन्धी लक्षणहरु सामान्य नै हुन्छ । जसलाई प्राकृतिक मान्ने गरिन्छ । तर, पिसाबसम्बन्धी केही यस्ता लक्षणहरु देखिन्छन् जसलाई बेवास्ता गर्दा ज्यानै जोखिममा पार्ने रोगहरुको सामना गर्नुपर्ने हुनसक्छ ।

पिसाबमा रगत
ब्लड क्यान्सर, मिर्गौलामा क्यान्सर, मिर्गौलामा पत्थरी जस्ता रोगमा पिसाबबाट रगत आउने गर्छ । पिसाबमा रगत देखिन थाल्यो भने तुरुन्तै चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

पिसाब गर्दा दुख्नु
पिसाब गर्ने समयमा पीडा, जलन जस्ता समस्या देखिए मुत्र नलीमा संक्रमण भएको हुनसक्छ । तन्तुमा क्षति र क्यान्सरको कारण पनि यस्तो समस्या आउन सक्छ ।

पिसाब गर्दा समस्या
युरिनरी फ्रिक्वेन्सी, छिटोछिटो पिसाब आउनु, युरीनरी प्रवाह कमजोर हुनु, पिसाब गर्दा दबाब महसुस हुन जस्ता लक्षणहरु प्रोस्टेटसँग जोडिएका समस्या हुनसक्छ । यो समस्या न्युरोलोजिक रोग, खाना वा औषधिसँग जोडिएको समस्या हुनसक्छ ।

अण्डकोषमा दुखाई
अण्डकोष दुख्ने समस्या आएमा विशेषज्ञसँग जाँच गराउन आवश्यक छ । समयमा नै यस्ता समस्याहरूको समाधान गर्न आवश्यक छ । त्यसका लागि पिसाबसम्बन्धी कुनै पनि समस्या देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार