बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • आपसमा कुटा कुट गर्छन संसद

आपसमा कुटा कुट गर्छन संसद

  • सोमवार, अशोज ४, २०७८
आपसमा कुटा कुट गर्छन संसद

कसैले भन्छन अधिकार सम्पन्न सम्बिधान भैन,
नागरिक लाई काम दिन सक्ने भित्र परान भैन।

जलाउनुपर्छ गलाउँनु पर्छ बिधिको बिधानलाई,
बिदेशीहरुले चाहेकै जस्तो यस्को अफ्शानभैन।

हिमाल पहाड तराई मिली अध्यायन गरौ एलाई,
सम्बिधान सस्थागतगर्ने बरु मनभित्र स्थान भैन।

नियम र कानून् त बनाईन्छ बसेर बेला बखतमा,
बरु नागरिको मन मा देशको कत्ति सम्मान भैन।

कसैले राष्ट्रको बिधान पोल्छ कसैले झण्डा लाई,
बिरोधको लागि बिरोध बाहेक अर्को उखान भैन।

आपसमा कुटा कुट गर्छन संसद भित्र नेताहरुले,
जनता लाई भन्छन हाम्रो देश किन जापान भैन।

चर्चामा

सम्बन्धित समाचार