शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • एनसिइ नेपाल बाजुराको चौथो बार्षिक जिल्ला भेला सम्पन्न

एनसिइ नेपाल बाजुराको चौथो बार्षिक जिल्ला भेला सम्पन्न

  • आइतवार, अशोज ३, २०७८
एनसिइ नेपाल बाजुराको चौथो बार्षिक जिल्ला भेला सम्पन्न

बाजुरा — शिक्षाक लागि राष्ट्रिय अभियान एनसिई नेपाल बाजुराको चौथो जिल्ला भेला तथा नागरिक समाजको भुमिका बिषायक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न भएको हो । कोरोना बन्दाबन्दी पश्चात भौतिक उपस्थितीमा बिद्यालय संचालन गर्न अभिभावक एवम् नागरिक समाजको भुमिका बिषायक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल बाजुराका अध्यक्ष तुलाराम जैशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक रहेका थिए ।
अभियानका सचिव संकर चदाराले संचाल गरेको कार्यक्रमको स्वागत उपाअध्यक्ष गिता रावलले गरेको आयोजकले जनाएको छ । कार्यक्रममा जिल्लामा उपस्थित रहेका एनसिइका पदाधिकारी पत्रकार लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार