शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • युवा नेता जनम धामीले गरे प्रदेश सचिबमा उम्मेद्धारी दिने घाेषणा

युवा नेता जनम धामीले गरे प्रदेश सचिबमा उम्मेद्धारी दिने घाेषणा

  • शनिबार, अशोज २, २०७८
युवा नेता जनम धामीले गरे प्रदेश सचिबमा उम्मेद्धारी दिने घाेषणा

बाजुरा — युवा नेता जनम धामीले गरे प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिको सचिबमा उम्मेद्धारी दिने घोषणा गरेका छन । नेपाली काग्रेस बाजुराको ७ औँ महाधिबेशनमा आफु प्रदेश क को सचिव पदमा उम्मेद्धारी रहने घोषणा गरेका हुन ।
स्वामिकार्तिक गाउँपालिका वडा न ४ मा जन्मेका धामी सानै बाट पार्टीको राजनिति यात्रा तय गरेका थिए । उनले आफ्नो अध्यायनसंगै पार्टीकै काममा बढि लागेका नेपाली काग्रेसका कार्यक्रताहरुले बताउने गरेका छन । धामीले नेपाली काँग्रेसको बिद्यार्थी संगठन बाट आफ्नो राजनितिक यात्राको सुरुवात गर्दै हाल पार्टीको जिल्ला कार्यसमिती सदस्यको जिम्मेवारी लिइ सकेका छन ।
२०६० साल बाट औपचारिक राजनितक यात्रा सुरु गरेका धामी नेपाल बिद्यार्थी संघको ईकाई अध्यक्ष ,नेबिसंघ उपाध्यक्ष हुदै नेपाली काँग्रेस जिल्ला कार्य समितिको सदस्य पदमा समेत रही काम गरि सकेका छन ।
धामीले नेपाली काँग्रेसको राजनितिमा ठुलो अनुभव भएको युवा नेताहरु मध्ये एक हुन । उनले पाटी प्रशिक्षक तथा प्रशिक्षणको तालिम प्राप्त ब्यक्तीको रुपमा पनी चिनिने गरेका छन ।
हालको नेपाली काग्रेसको आवश्यकता युवाहरुलाई ब्यबसायिक बनाउन र नेपाली काँग्रेसलाई थप मजबुत गराउन युवा पिडीको नेतृत्वको आवश्यता भएकोले आफुले बाजुरा प्रदेश सभा( क) क्षेत्रीय कार्य समितिको को सचिब पदमा उम्मेद्वारी दिने उनले बताए ।
पाटी पंक्तीको उन्नति र प्रगतीमा अफुले जस्तोसुकै चुनौतिहरुलाइ पनि छिचोल्दै सबैलाई मिलाएर लैजाने अठोटका साथ आफ्नो उम्मेदवारी सचिबमा रहेको उनको भनाइ छ । पाटीका लागि कुशल नेतृत्व प्रदान गर्न सक्ने नेतृत्वको आवश्यकता भएकोले प्रदेश सभा( क) क्षेत्रीय कार्य समितिकोे बिश्वसनिय राजनितिक पात्र आफु भएको धामिको भनाइ रहेको छ । युबा नेता धामिको बिद्याथी राजनिति देखि जिल्ला कार्य समति सदस्य हुदै हाल सम्मको राजनितिले कार्यकर्ता प्रतिको आफ्नो बिश्वास रहेकोले आफुले बिभिन्न कालखण्डमा पार्टीको निम्ति गरेको योगदानको यतिखेर पाटी पंतिका नेता तथा कार्यकर्ताले गर्नुपर्ने उनको भनाई रहेको छ ।
यसरी आफुले २०६० साल देखि हाल सम्म नेपाली काँग्रेसका हरेक भातृ तथा शुभेच्छुक संगठनमा लागेर पाटी पंतिको लागी ठुलो योगदान गरेको भन्दै आफुले प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिको सचिब पदको नेतृत्व लिन सक्ने अठोट राखेकाले आफुलाई नेपाली काग्रेस प्रदेश सभा( क) क्षेत्रीय कार्यसमितिको सचिबमा सबैले सहयोग गर्न युबा नेता धामिले अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार