शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अब फेरी पनि मध्यब्दि चुनाव किन?

अब फेरी पनि मध्यब्दि चुनाव किन?

  • शनिबार, अशोज २, २०७८
अब फेरी पनि मध्यब्दि चुनाव किन?

सुरेशकुमार पान्डे — के अब फेरी मध्यब्दि निर्वाचनको मुडमाछन देउवाको गठबन्धन सरकार?
मुस्किलले एक डेढ बर्ष बाँकी रहेको निर्वाचनलाई पर्खिन नसकेर फेरी देउवाले चुनाव गराउँने तरखरमाछ।राजनीतिक पार्टीहरुको आपसि खिचलोमा देशका जनता र देशको अबस्था डावाडोल भएकोछ।देशभित्र जहिले पनि चुनाव गराउँ कसैले पनि सम्पस्ट मत ल्याउँन नसक्ने बर्तमान अबस्था देख्दा देख्दै पनि चुनाउकै रटानछ।
आखिर किन?बिगतमा ओलिले पुषको पाँच गते संसद बिघटन पछि उन्को दसानै लाग्यो भनेपनि उन्छ।पार्टीनै चिराचिर परेकाछन।अहिले ओलि आफ्नै दममा चुनाव लड्न सक्ने अबस्थामा छैनन भनेपनि हुन्छ।”किन रुन्छश मङ्गले आफ्नै ढङ्गले”भन्ने उखानलाई चरित्रार्थ गरे।अहिले चारदलको सरकार बल्ल बल्ल बनेकोछ त्यो पनि पचेन।सरकारमा अहिले जुन जान्छ उस्लाई एमसीसीको छनक पर्छ।एम सीसीलाई संसद बाट पारित गराएर अमेरिकी साम्राज्यवादको दलालि गर्ने जस लिनको लागि तछाड मछाड भयकोछ।जनता परदेशमा अपहेलित अबस्थामा कामको खोजिमा भौंतारिएकाछन।उनिहरु अकालमै मर्छन,डिप्रेसनको सिकार भयकाछन,होटेल कोठिमा बजारमा काम नपाएर अलपत्र अबस्थामाछन।देशमा कुनै ऊद्दोग छैन,कलकारखाना छैनन् जस्मा युवाहरुले रोजगार पाउँन सकुन।जमिनको भाउ यति भढेकोछ जीवन भरि काम गरेर मजदुरले एक कठ्ठा जमिन किन्न सक्दैन।देशभित्र अन्य आयश्रोत छैन जनतालाई कर लगाउँने बिदेशी रेमिटेन्सबाट आठौटा सरकार र नौवटा संसद चलाउँनेहो।
आखिर अहिले मध्याब्दि निर्वाचन गर्दा कस्लाई फाईदा होला?निदार खुम्चाएर सोंचौ त देशलाई फाईदा होला?जनतालाई फाईदा होला?कुन चाहिं राजनीतिक दल लाई फाईदा हुँन सक्छ?हामिले अनुमान गर्दा जस्को सरकारछ त्यसले सरकारी साधनको दुर्पयोग गरेर केहि सिट हत्थाउँन सक्छहोला!तर पनि यि चारदलहरुको गठबन्धनमा निर्वाचन भयपछिको परिणाम के हुन्छ?जस्को हातमा साँचोछ त्यसैले वार्गेनिङ्ग गर्ला आलोपालो सरकार नपाए पछि संसद भङ्ग गरेर आर्को निर्वाचनको घोषणा होला।यो क्रम कति बेला रोक्केला?छ कसैलाई अनुमान।छैन यो मात्र देशलाई नर्क बनाउँने पद्धतिहो जसले यो खेलखेलेकोछ त्यसैलाई फाईदा पुराउँनको लागि आपसमा लडाई चलेकोछ।मोहरा बनेर राजनीतिक पार्टीहरु चलाउँने वाला साम्राज्यवादी शक्तिहो भन्नेकुरा बुझ्नैपर्छ।
अहिले प्रधान मन्त्रीलाई एमसीसी प्रतिनिधि प्रमुख फातिमा सुमारले एम सीसीलाई जसरी पनि पारित गराउँन दवाब दिएकाले र शेरबहादुर ज्यु लाई लाग्छ यो गठबन्धनले एम सीसीलाई पारित गर्न दिंदैन त्यसकारणले उनि पुर्व प्रधाध मन्त्रीकै पद चिन्हमा हिंड्ने प्रयात्न गर्दैछन।तर ओलिले जति कोसिस गरे त्यति शेरबहादुर ले गर्न नसक्लान।उनि मात्र एउटा सिक्काको अर्को भाग हुन भनेर भन्न सकिन्छ।किन कि ओलिले जुन योजना थियो ठिक त्यहि योजना शेर बहादुर ज्युकोछ।त्यसको लागि ढिलो चाँडो ओलि र देउवाको एकता अबस्य हुनेछ।यि दुबैजनको उदेश्य एउटै हो।
एम सीसी लाई संसदबाट पारित गराएर देशलाई अमेरिकि साम्राज्यवादको कथित अनुदान एमसीसी मिलेनियम च्यालेञ्ज कारर्पेसन क्प्याट.चीनलाई घेर्ने अमेरिकाको रणनीति भनेर बुझ्नुपर्छ।देश भित्र बिदेशीहरुको सैनिक आखडा खडागरेर देशलाई नर्क बनाउँन यि नेताहरुले खुलेआम कमर कसेकाछन भन्नेकुरा जनताले बुझ्नैपर्छ।खास गरेर डा.बाबुराम भट्टराई ,के पि शर्मा ओलि शेरबहादुर देउवा रप्रचण्ड यि सबै प्रधान मन्त्रीहरुले धेरै थोरै साम्राज्यवादको रिण खाएकाछन एमसीसी त्यसैको बदलामा पारित गराउँने हुन।डा.बाबुरामले देशलाई नेपाल रहन नदिने सिङ्गापुर बनाउँने भन्दै आएकाछन त्यो सपना पुरा एमसीसीले मात्र गर्न सक्छ।देशलाई नेपाल बनाउँने नेता आउँनु पय्रो देशमा।हामि जनतालाई आफ्नो देश चाहिन्छ त्यसैले बिदेशिहरुको प्रवेशको बिरोध र बिदेशी कथित अनुदानको बिरोध गर्दैछौँ।देशका जनतालाई यि नेताहरुले गर्नु गरेकाछन बिदेशीको आड्मा जनतालाई पसु जस्तै बनाएकाछन।फेरी पनि यिनि जनताहरुले यिनै बिदेशका कटपुत्लिहरुलाई चुनावमा चिताउँने हो भने देश यिनिहरुकै भाषामा नेपाल रहँदैन।पक्का पक्कि अमेरिकाको कट्पुत्लि बन्छ तालिवान जस्तै हाम्रा बच्चाहरुले गर्भै देखि बम र बरुदको सिरानि हाल्नु पर्नेछ।देश अफगान बन्न समय लाग्नेछैन।
अहिले देशभित्रको यो खिचलो आकास्मिक भएको होईन यो धेरै लामू योजना हो।जनतालाई छक्काउँने र देशलाई बर्वाद पार्ने खेल खेल्दैछन कथित नेताहरुले।त्यसैले पनि अहिले देशमा मध्यब्दि निर्वाचनको हामिले बिरोध गरेर जानु पर्छ जस्तो मलाई लाग्छ।नेपालको आधा जनसंख्या बिदेशमाछन।यो अबस्थामा निर्वाचन अधुरोनै हुन्छ,जनतालाई जँहा बसेकाछन त्यँहाबाट मतदान गर्ने ब्यबस्था गर्न सरकारलाई दबाव दिनुपर्छ।अहिले मध्यब्दि निर्वाचन कसैको हितमाछैन।

चर्चामा

सम्बन्धित समाचार