शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • टोकरीले ढाकेको बिरालो म्याउँ गरेरै छाड्यो

टोकरीले ढाकेको बिरालो म्याउँ गरेरै छाड्यो

  • बिहिबार, भदौ ३१, २०७८
टोकरीले ढाकेको बिरालो म्याउँ गरेरै छाड्यो

सुरेशकुमार पान्डे।
अहिले जनताले एम सीसीको चौतर्फिया बिरोध गरेपछि एम सीसी सम्झौता चिसो बाकसमा थन्किने निश्चित भैसकेकोछ।एम सीसीलाई देशभरीका जनताले जोडदार रुपमा बिरोध गरेकाछन।देशभित्र मात्रै होईन बिदेशमा बस्ने श्रमजीवी नेपालीहरुका संगठनहरुले पनि जोडदार रुपमा बिरोध गर्ने गर्दा अमेरीका बाट एमसीसी सम्झौताका लागि आएका फातिमा सुमार र जोनाथन ब्रुरक्स सहितको टोलि वैराङ्ग फर्किने पराय निश्चित भैसकेकोछ।
तर यो टोलिकी प्रमुख फातिमा सुमारले पहिले यो एम सीसीलाई नेपालले अस्विकार गरे अरु देशलाई जान्छ” भनेर सकेसम्म यो अनुदान नेपालले स्विकार्न भनेकि थिईन।अहिले उन्ले जब यसको चौतर्फिय बिरोधको सामना गर्नु पय्रो र अब यो एमसीसी स्विकृत नहुँने देखेपछि धम्किको लहेजामा”अब एमसीसी फिर्ता गरे कुनैपनि आर्थिक सहयोग नगर्ने”भन्दै धम्काएकिछन।यही उनिहरुको सक्कलि अनुहार हो।हामिले सुरु देखि भन्दै आएकाछौँ यो एमसीसी मात्र अनुदान होईन बरु अमेरिकाको साम्राज्यवादी नीति लुकेकोछ योभित्र।त्यो टोक्रिभित्रको बिरालो बल्ल म्याउँ गरेकोछ।अब नेताहरुले पनि सुनेकै होलान।
वास्तबमा एम सीसीलाई पहिले अनाप सनापमा बिना अध्यायन गरेर ज्ञानिन्द्र कार्कि र जोनाथन नाशको बिचमा सम्झौता गुपचुप गरियो।पछि त्यो जब बिस्तारै जनताको माझमा आयो त्यसको बारे ब्यापक छलफल र बिरोश हुँन थाल्यो।अहिले सन १९१७देखि कयौँ ठुलादलका नेताहरु त्यो अमेरिकि कथित अनुदानलाई लागु गर्ने बहानामा अमेरिका सँग केहि रकम डकारि सकेका थिए र अरु कमिसनको चक्रमा त्यो करार गर्ने दाउँमा थिए।जब नेपाली जनताहरुले त्यसको बिरोध गरे बिरोधमात्र होईन एम सीसी पारित भयो भने नेताहरु समेतलाई खेद्ने धम्कि जनताहरु बाट ठाउँ ठाउमा आउँन थाल्यो त्यसपछि नेताहरु जनताको समर्थन लिन केपि ओलि जस्ता दुई जिब्रेहरुले पनि एमसीसी बाट अब फाईदा नहुँने देखेपछि यो भिड् जन उभारको साहनुभुति पाउँन एम सीसीको बिरोध गर्न थाले।आखिरिमा शेरबहादुर देउवालाई एमसीसी पारित गर्न खोज्ने एकमात्र दोशि बनाएर छाडे।अनि शेर बहादुर जी यो जालमा शजिलरी परे पनि तर जनताहरुले प्रष्टरुपमा देखेकैछन।
वास्तबमा कोई भन्दा कोई कमछैन शेर बहादुर प्रचण्ड ओलि र बाबुराम भट्टराई लगाएतका अरुपनि कयौँ नेता यो एमसीसी काँडमा मुछिएका हुनसक्छन भन्नेकुरा प्रष्टनै भयो।जनताको ब्यापक दवाब नभयको भए यि नेताहरुले यो देशलाई उहिलै खरानि पार्थे।
हाम्रो देशका राणहरुले देशका जनता सँग अन्याय गरे तर देशलाई बिदेशीको हवाला गरेनन्,राजाले पनि निरंकुस तानासाहि लाधे तर पनि देशलाई यसरि धितो राखेनन्।यि गणतन्त्र बादि भनौदाहरुले सबैलाई उछुनेर देशलाई खरानि पार्न आतुरछन।रातो झण्डाको आडमा ओलिले प्रचण्ड बाबुरामले जनतालाई उनिहरुको बिस्वासलाई घात गरेर आफ्नो स्वार्थ पुरागर्ने दाउँमा सधैभरी रहंदै आएकाछन।
धन्यावाद हाम्रो देशका जनतालाई कम्तिमा देश सङ्कटमा परेको बेलामा त एक ढिक्का भएर शंघर्ष गर्छन।अहिले यो ऐतिहाशिक बिरोध प्रदर्शनले गर्दा अमेरिका सम्म नेपाली देशभक्त जनताको हुँकार पुगेकोछ।त्यसकारणले जनताहरु बधाईका पात्र छन।
ईतिहाश साँचिछी कहिलेपनि हाम्रो देशका जनताहरु क्षाणिक स्वार्थमा वा कसैको डरमा आफ्नो देशको सौदाबाजी गर्ने त टाडाको कुराहो सोंच्नपनि सक्दैनन्।
अहिले ब्रिटिश साम्राज्यवादलाई हिँजो त्यो खलङ्गका नालापनिको याद ताजा भयको हुनसक्छ।यि कागजि बाघहरुलाई हाम्रा देशका जनताले धुलो चटाउँदै आएकाछन।अहिले अमेरिकि मिलेनियम च्यालेञ्ज लाई देशका जनताको हुँकारको सामना गर्नुपर्दा अमेरीकी प्रतिनिधिको मुखबाट खांटिकुरा आएकोछ त्यो अब अमेरिकि साम्राज्यवादले नेपाल लाई अरु कुनै सहयोग गर्नेछैन।हामिलाई चाहिंदैन साम्राज्यवादको कुनै कथित अनुदान।नेपाली जनताले कहिले भिख मागेको कसैले सुनेको पनि छैन नेता बाहेक भिखारी नेताहरु हुनहक्छन तर जनता त विर लडाकु मिहेनती सधै मुट्ठि बजारेर दशनग्रा खियायर पेट पालेकाछन।
हामि भन्छौँ हामिलाई कसैले कुनै पनि अनुदान नदिए हुन्छ।नोकरी नदिए हामिले आफ्नै देशमा आफ्नो उपभोग्य आधारभुत आबस्याकताको बस्तु निर्माण आफैले गर्ने थ्योँ।
कसैको भरमा नरहे हाम्रो देशको बिकास हुँनेथियो र देश आत्म निर्भर हुन्थ्यो।अहिले बिदेशमा आफ्नो अमुल्य श्रम लिलाम गर्नेहरु आफ्नै देशको लागि पसिना बगाउँथे।धन्यवाद फातिमा सुमार जस्ले कम्तिमा हाम्रो देशमा आएर आफ्नै मुखले अब अमेरिकाले नेपाललाई कुनै साहेता दिनेछैन भनेर त जानकारि गराईन।अब यि दलाल नेताहरुले पनि बिमारिको बहाना बनाउँदै अमेरिकाको कलो खान जाँदा अलिबेर सोंचेर जानेछन।
नेपाली जनता अब हाम्रो लडाई अमेरिकाको साम्राज्यवाद सँग हुनेछ यो त्यसको सुरुवात हो।हामिले देशलाई जोगाउँन चीन लगायतका अन्य देशहरु सँगपनि सह कार्य गरेर जानुपर्नेछ।हाम्रो देश एउटा स्वतन्त्र देशहो र सदियौँ सम्म स्वतन्त्र रहिरहनेछ।जनताको एकतालाई कहिले बिखण्डन हुन नदिनु।विस्वभरिमा आफ्नो दादा गिरि देखाउँदै आएको अमेरिकि साम्राज्यवादले अहिले आर्थिक प्रलोभन देखाएर सहयोगको नाउमा स साना देशहरुलाई आफ्नो अधिनस्त राख्ने प्रयात्न गर्दै आएकोछ।नेपाल बाट उस्ले दुई प्रकारको फाईदा लिने उदेश्यले आर्थिक सहयोगको बिषालु बल्छि फालेको हो।प्रथम उस्ले नेपालको काँधमा बुँन्दुक राखेर चीनलाई निशाना लगाउँने मुख्य रणनीति हो भने आर्को देशमा रहेको बहुमुल्य धातुहरुको उत्खनन गर्ने योजना पनि हो जस्मा भारतिय स्वार्थ लुकेको पनि हुनसक्छ।यतिबेला अघोषित रुपमा अमेरिकि साम्राज्यलाद सँग समधुर सम्बन्ध पनिछ।एम सीसी को माध्यायम बाट नेपाललाई आफ्नो अधिनस्त राखेर चीनमा आकारमण गर्ने यो योजना अहिले पनि बरकरारनैछ।किन कि अँझैपनि नेपालका नेताहरुमाथि दवाब बनाएर आफ्नो स्वार्थ पुरा गर्ने योजना रहिरहेकोछ।फातिमाले पुरा नेपालको बिरोध गर्दा पनि आफ्नो नेपाल भर्मणको कार्य सफल र सामरिक भयको भन्दै नेपालले छिट्टै एमसीसी पारित गर्नमा आफु बिस्बस्थ भयको जनाएकिछन।यसरी एमसीसीको सङ्कट अँझै टलिसकेकोछैन भन्ने कुरालाई बुझेर सम्पुर्ण नेपाली जनताहरुले एकमना एकता बनाएर शंघर्ष गर्नुपर्नेछ।
अहिले यो जबर्जस्ति लग्नै पर्छ भन्ने कथित अनुदानले देशलाई कहाँ पुराउँछ भन्ने कुरा प्रष्ट देखिएकोछ।हाम्रो देशलाई विस्वयुद्धको आखडा बनाउँन चाहान्छ।वास्तबिक रुपमा चीनको प्रभावलाई रोक्न नेपालको धर्ति प्रयोग गर्ने रणनीतिले प्रेरित एमसीसी हो भन्नेकुरा स्वायम फातिमा सुमारको यो धम्किले पनि थप पुष्टिगरेकोछ।अबका दिनहरुमा आफ्नो ब्याक्तिकत वा राजनीतिक उदेश्य पुरागर्न यसरि शन्तान लड्नु भन्दा राष्ट्रको एउटै झण्डालाई उठाएर राष्ट्र बिरोधी शक्तिलाई पराजित गर्न सबै देशबासी देशभक्त न्याय प्रेमीहरुको एकता अपरिहार्यछ।

चर्चामा

सम्बन्धित समाचार