बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कांग्रेसको जिल्ला सभापतिमा चार जनाको दाबी, दुई जनाबीच मुख्य प्रतिस्पर्धा

बाजुरामा कांग्रेसको जिल्ला सभापतिमा चार जनाको दाबी, दुई जनाबीच मुख्य प्रतिस्पर्धा

  • सोमवार, भदौ २८, २०७८
बाजुरामा कांग्रेसको जिल्ला सभापतिमा चार जनाको दाबी, दुई जनाबीच मुख्य प्रतिस्पर्धा

दयारम पण्डित/बाजुरा —  नेपाली कांग्रेसको १४औं महाधिवेशनको देशभर रौनक छ । वडा तहदेखि गाउँ नगर, क्षेत्र तथा जिल्लास्तरमा अधिवेशनको सरगर्मी छ । बाजुरमा पनि जिल्ला सभापतिका लागि नेताहरुको दौडधुप बाक्लिएको छ । बाजुरामा मुख्यगरी कबिराज पण्डित र रामसिंह रावलको प्रतिस्पर्धा हुने देखिएको छ । उनी गाउँ गाउँमा कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधि भेटघाटमा ब्यस्त छन् ।

नेपाली काँगे्रस जिल्लाकार्य समिति बाजुराका हालका सभापति कबिराज पण्डितले समाज रुपान्तरणका लागि एक पटक पुनः पार्टी सभापतिमा आफ्नो उम्मेदवारी बताएका छन् । आगामी सातौं जिल्ला अधिबेशनमा जिल्लाको नेतृत्वका आकांक्षी बढीरहेको बेला पार्टी सभापति पण्डितले सहमतिका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

सभापति पण्डितले शनिबार सदरमुकाम मार्तडीमा जिल्लाका क्रियाशील पत्रकार भेटघाट कार्यक्रममा उक्त अभिब्यक्ती सार्वजनिक गरेसँगै पुनः सभापतिमै रहेर काम गर्ने इच्छा देखाएका हुन् । जिल्लाका आफ्ना अग्रज नेता देखि कार्यकर्ता सबैको धारणा एकपट दोहोर्याउने सुुझाब आएपछि सातौं जिल्ला अधिबेशनमा पार्टी सभापतिमा सर्बसम्मतिको उम्मेदवार बनेको दाबी गरेका छन् । त्यस्तै यसअघि जिल्ला सभापतिमै पराजित रामसिंह रावलले पनि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । रामचन्द्र पौडेल निकट मानिने उनी २०४६ सालमै शिक्षण पेशा त्यागेर राजनीतिमा होमिएका हुन् । त्रिबेणी नगरपालिकाको नगर प्रमुख समेत रहेका उनी यस पटक जिल्ला सभापतिको कुर्सीमा बसेरै छाड्ने दाबी गर्छन् ।

कबिराज पण्डित

बाजुरामा हालका अन्य प्रतिस्पर्धी भन्दा पुराना र अग्रज मानिएका कबिराज पण्डित जिल्ला पार्टीमा पुनः दोहोर्याउने मनसायका साथ कार्यकर्ता भेटघाटमा व्यस्त छन् । शेरवहादुर देउवा निकट मानिने पण्डित २०४३ सालदेखि नेविसंघको राजनीतिबाट राजनीति यात्रा तय गरेका हुन् । काठमाडौं–बाजुरा सम्पर्क समिति कोषाध्यक्ष, २०५१ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०५७ सालदेखि पटक पटक महासमिति तथा महाधिवेसन प्रतिनिधि भएका उनी यस पटक पनि सभापतिका बलिया दाबेदार हुन् ।

छैटौं जिल्ला अधिबेशनबाट जिल्ला सभापति र २०७४को संघीय निर्वाचनमा कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका उनी बाजुराको पहिलो अधिबक्ता पनि हुन् । २०४८ सालदेखि नै बाजुराका राजनीति मुद्दाका अधिवक्ता एवम पार्टी सभापति पण्डितले हेर्दै आएका छन् । हालसम्म राज्यको कुनै पनि लाभको पदमा नरहेका उनी विधानतः एकपट सभापतिमा दोहोरिन पाउने व्यवस्था अनुसार सकभर सर्वसम्मत नभए प्रतिस्पर्धाबाट जिल्ला सभापतिमा विजयी हुने दाबी गर्छन् ।

रामसिंह रावल

२०४६ साल शिक्षण पेशा त्यागेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आएका रामसिंह रावल यस पटक जिल्ला सभापतिका अर्का बलिया दाबेदार हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने उनी २०४९ सालमा कैलाशमाण्डौं गाविस अध्यक्ष, २०५४ सालमा गाविस उपाध्यक्षबाट जिविस सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन् । पार्टीको महाधिवेशन प्रतिनिधि, जिल्ला सचिव, महासमिति सदस्य पनि भइसकेका उनी छैटौं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । २०७४को स्थानीय निर्वाचनमा त्रिबेणी नगरपालिकाको नगरप्रमुखमा विजयी भएका उनी यस पटक पार्टीको जिल्ला सभापतिमा विजयी भएर पार्टीलाई सुदृढ र शसक्त बनाएर अघि बढ्ने मनसायमा छन् ।

महां नेपाली

२०४६ सालदेखि नेपाली कांग्रेसमा रही २०५४ को स्थानीय निर्वाचनमा निर्बिरोध वडा अध्यक्ष भएका महा नेपाली यस पटक पार्टीको जिल्ला नेतृत्व हत्याउने दौडमा छन् । २०५७ सालमा तरुण दल सदस्य २०६०÷०६१मा जिल्ला दलित नेटवर्क अध्यक्ष, २०६२ ०६३मा कांग्रेस जिल्ला सदस्य २०६४ सालमा समानुपातिक सभासद, दलित संघ केन्द्रीय सदस्य नेपाली काग्रेस बिधान मस्यौदा समितिमा समेत रहेर काम गरिसकेकाले स्वभाविक रुपमा आफू जिल्ला सभापतिको उम्मेदवार रहेको बताउँछन् । शेर बहादुर देउवा निकट मानिने उनी अन्ततः देउवा प्यानलबाट एक जना उम्मेदवार रहने बताउँछन् । कांग्रेसको जिल्ला हाँक्न आफू सक्षम र योग्य भएकाले उम्मेदवारी दिने बताउँदै आएका छन् ।

दिपकबिक्रम शाह

कांग्रेसको बाजुर जिल्ला सभापतिका रुपमा खुलस्त प्रकट भइनकेका दिपक विक्रम साहले पनि जिल्लाको नेतृत्व गर्ने इच्छा देखाएका छ । उनले आफू सभापतिको उम्मेदवार भनेर सार्वजनिक रुपमा बताइनसके पनि सामाजिक संजालमा सभापतिको दाबेदार रहेको बताउँदै आएका छन् । पार्टीको जिल्ला सचिब एवम बुढिगंगा नगरपालिकाका नगर प्रमुख भइसकेका उनी विद्यार्थी जीवनबाट सक्रिय राजनीतिमा आएका हुन् ।

धनराज पण्डित

नेविसंघ पूर्वपार्टी सचिव धनराज पण्डित पनि पार्टी सभापतिको बलियो उम्मेदवारको रुपमा आफूलाई उभ्याएका छन् । गाउँका धेरै युवाहरुको प्रतिनिधि पात्रका रुपमा उनले आफूलाई उभ्याएको नेविसंघका बाजुरा अध्यक्ष जनकबहादुर थापा बताउँछन् । युवाहरु धनराज पण्डितको पक्षमा रहेको दावी नेविसंघ अध्यक्ष थापालगायतका युवाको छ । धनराजले यस पटक जिल्लाको नेतृत्व गरेर पार्टीलाई संकगठित र सुदृढ बनाउने अभियानमा छन् ।

क्षेत्रीय सभापतिमा को को ?

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा क्षेत्रीय सभापतिको उम्मेदवारमा भने अहिलेसम्म कसैले सार्वजनिक गरिसकेका छैनन् । यद्यपी, प्रदेश ‘क’मा रामबहादुर बोहरा र नारायण पाध्याय (तिमिल्सिना )को नाम चर्चामा छ । प्रदेश ‘ख’मा देवबहादुर रोकाया र सुरेन्द्र सिंहको नाम चर्चा हुन थालेको छ । यता कांग्रेस महासमिति सदस्य एबं अग्रज नेता जनकराज गिरी भने आपसी छलफल नगरी नेतृत्वका लागि उम्मेदवारी दिनुको तुक नभएको बताउँछन् ।

क्षेत्रमा सहमति, सहकार्य र उपयुक्त ठाउँमा उपयुक्त ब्यक्तीको उमेदवारी हुनुपर्ने आवाज उठेको छ । त्यसैगरी कांग्रेस महासमिति सदस्य, नेता, संविधान सभा सदस्य एबं पूर्वसांसद देबराज जोशी पनि नेतृत्वको लागि आ–आफुले उम्मेदवारी दिएपनि आपसी सहमति र छलफलका आधारमा साझा धारणा आउने बताउँछन् । बाजुर कांग्रेसको इतिहासमा जिल्लाका शीर्ष नेता जनकराज गिरी र देवराज जोशी लगायतका नेताहरुले एकआपसमा सहमति गराएर सफलता हासिल गरेकाले यस पटक पनि सर्वसम्मतीमै नेतृत्व चयन हुनुपर्ने आवाज उठेको छ ।

चर्चामा

सम्बन्धित समाचार