बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सत्ता टिकाउँन धेरैलाई बर्वात गय्रो

सत्ता टिकाउँन धेरैलाई बर्वात गय्रो

  • सोमवार, भदौ २८, २०७८
सत्ता टिकाउँन धेरैलाई बर्वात गय्रो

फुजिमोरोले सत्ता टिकाउँन धेरैलाई बर्वात गय्रो,
आफ्नै सन्तान गञ्जालो माथि अन्तरघात गय्रो।

क्रान्तिविर भुईमा होईन टिकेका थिए आस्थामा,
उनि सँग प्रतिकृयावादिले अन्याय दिनरात गय्रो।

देखायो पिन्जडाभित्र थुनेर पसु जस्तै यौद्धलाई,
फुजिमोरी आफु जस्तै थियो उस्तै औकात गय्रो।

जन्ले दुनियालाई जगाउँन बलिदान दिएका छन,
श्रमजीवीले मान सम्मान दियो आत्मासात गय्रो।

झुकेनन् महान सति शाल बनेर गरे मृत्यु कबुल,
पुँजिवादी ले तिन दशक कोसिस वाईहात गय्रो।

चर्चामा

सम्बन्धित समाचार