बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • पहिरोको जोखिम मोलेर कोरोना बिरुद्धको खोप ढुवानी

पहिरोको जोखिम मोलेर कोरोना बिरुद्धको खोप ढुवानी

  • शनिबार, भदौ २६, २०७८
पहिरोको जोखिम मोलेर कोरोना बिरुद्धको खोप ढुवानी

पदम सिंह/बाजुरा,– बर्षाले अबरोध पारेको साँफे मार्तडी सडक खण्डमा जोखिम मोलेर कोरोनो बिरुद्धको खोप ढुवानी भइरहेको छ । खोप ढुवानी गरेर जिल्ला खोप केन्द्रमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बर्खायामको अबिरल बर्षाका कारण सडक अबरोध भएकोले भौगालिक रुपले विकटबाजुरामा कोरोना बिरुद्धको खोप ढुवानीमा समस्या परेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । सडक खण्डको बल्धे क्षेत्रमा पहिरोको जोखिम मोलेर खोप ढुवानी भइरहेको छ ।
माथि बाट पहिरो खसिरहेको हुन्छ, तल बाट पनि पहिरो बगेको हुन्छ जोखिम मोलेर खोप ढुवानी गरिरहेको स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी महेश चन्दले वताए । जिल्लामा कोराना बिरुद्धको खोप पहिलो मात्रा २६ हजार ९ सय २६ ले लगाइसकेको छ भने पहिलो र दोस्रो मात्रा २२ हजार ९ सय ३० ले लगाएको छ । बाजुरामा १८ बर्ष माथिका ९९ हजार २० जनालाई खोप लगाउने लक्ष्य रहेको चन्दले वताए ।
सडक भाँसिने,सडक माथिबाट पहिरो जाने र सडक बेस बगाउने गर्दा बर्खायामको मौसममा बाजुराको साँफे मार्तडी सडकमा सवारी साधन तथा पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।बाजुरा बाजुराको मुख्य राजमार्गको रुपमा रहेको साफेँ मार्तडी सडक अबरोध हुदा बाजुराको दैनिक कठिन बन्दै गएको छ । साफेँ मार्तडी सडक अबरोध हुदा बाजुरामा दैनिक उपभोग्य साम्रगीका साथै औषधीहरु पनि मान्छेले जोखीम मोलेर सदरमुकाम पुर्‍याउनु परेको हो ।
साफेँ मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखी अम्कोटसम्म करिव ३ किलोमिटर सडक पहिरोले भत्काएपछि मान्छे समेत ओहोर दोहोर गर्न समेत समस्या भएको र सडक दिनहुँजसो अवरुद्ध भईरहँदा कोरोना बिरुद्धको खोप बाजुरा ल्याउन मुश्किल पर्ने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
साँफेबगर-मार्तडी-कोल्टी सडकअन्तरगत पर्ने बल्दे-अम्कोट सडक जेठ ३१ मा अवरुद्ध भएको र अझै खुल्न सकेको छैन। निरन्तर बर्षा भईरहेकोले सो सडकमा डोजर र स्काईभेटर चलाउन नमिल्ने भएकाले सो सडक सुचारु गर्न अझै मुस्किल भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
कोरोना बिरुद्धको खोपको पर्खाईमा बसेका बाजुराबासीलाई खोप ढुवानीमा सडकका कारण निकै सास्ती भोग्नु परेको स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए । बाजुरामा मन्त्रालयबाट उसै पनि कोरोना बिरुद्धको भ्याक्सीन एकदम कम दिने गरेकोदिएको खोप सडकको समस्याका कारण ढुवानीमा पनि निकै समस्या हुने गरेको कार्यालय प्रमुख पन्तले बताए ।

चर्चामा

सम्बन्धित समाचार