शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार

यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार

  • शनिबार, भदौ २६, २०७८
यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार

गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरुले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरुमा स्थिर भएर स्वरभंग गरिदिन्छ । यो स्वरभङ्ग छ प्रकारको हुन्छ— वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।

घरेलु उपचार

१. नुनयुक्त तेलका पदार्थहरु खानाले वात स्वरभंग हट्छ ।

२. तातोपानी पिउनुपर्दछ ।

३. देसी घीउ र सखर सेवन गर्नाले स्वरभंग ठीक हुन्छ ।

४. घीउ र मह पिउनाले स्वरभंग ठीक हुन्छ ।

५. तातो दूध पिउनाले पनि स्वरभंग ठीक हुन्छ ।

६. खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वरभंग ठीक हुन्छ ।

७. पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वरभंग ठीक हुन्छ ।

८. घाँटीको तालुमा उठेको मासुको रगत निकाल्नाले पन कफ स्वरभंग ठीक हुन्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

चर्चामा

सम्बन्धित समाचार