बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा खोलाले बगाउँदा बालिका घाइते

बाजुरामा खोलाले बगाउँदा बालिका घाइते

  • बुधबार, भदौ २३, २०७८
बाजुरामा खोलाले बगाउँदा बालिका घाइते

बाजुरा — बाजुराको बडीमालिका नगरपालिका वडा.न. ३ मा खोलाले बगाउदा बालीका घाईते भएकी छन ।खारगाड खोलाले बगाउँदा बडिमालिका नगरपालीका वडा.नं ३ रजालीकी १२ बर्षीया सिर्जना विक घाइते भएकी उनका आफन्तले बताएका छन ।
बुधबार दिउँसो ३ बजेतिर घरबाट सदरमुकाम मार्तडी आउँदै गर्दा खारगाड खोला तर्ने क्रममा एक्कासी मााथिबाट आएको खोलाले बगाउँदा घाइते भएकी उनका बुवा हरि विकले बताएका छन् ।
वि.क खोला तर्ने क्रममा खोलाले बगाउँदा खोला नजिक बस्ने गणखेतका एक जना स्थानीयले उद्धार गरेको स्थानीयले बताएका छन ।
खोलाले बगाएकी सिर्जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । विकको शरीरमा सामान्य चोटपटक लाग्दा उनको अवस्था अहिले सामान्य रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार