मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • शान्ति सेवा गृह द्धारा गौमुल गाउँपालिका १ सय ५० बाढीपहिरो परिवारलाइ सहयोग

शान्ति सेवा गृह द्धारा गौमुल गाउँपालिका १ सय ५० बाढीपहिरो परिवारलाइ सहयोग

  • मङ्लबार, भदौ २२, २०७८
शान्ति सेवा गृह द्धारा गौमुल गाउँपालिका १ सय ५० बाढीपहिरो परिवारलाइ सहयोग

बाजुरा–गौमुल गाउँपालिका १ सय ५० परिवार बाढीपहिरो पिडित परिवारलाई शान्ति सेवा गृह काठमाडौले सहयोग गरेको छ । बर्षाका कारणले बिस्थापित तथा जोखिम परेका परिवारलाइ संस्थाले सहयोग गरेको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
संस्थाले १ सय ५० पिस सिलिपिङ्ग ब्याग, १ सय पिस पाल, ३ सय १९ पाकेट पौष्टिक आहार, ५ सय पाकेट हर्वल टि, १ सय १० चकटि र ८ पोका औषधि सहयोग गरेको संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् । साथै १० परिवारलाई खाद्यन्न सहयोग गर्ने संस्थाले बताएको छ ।
संस्थाले गरेको सहयोगले बाढीपहिरो पिडितलाइ ठुलो सहयोग भएको गाउँपालिका अध्यक्ष रोकायाले वताएका छन् । पहिलो चरणमा ९ लाख बराबरको सहयोग गरेको थप सहयोग गर्दै जाने संस्था संयोजक बिजेन्द्र कुवरले वताएका छन् । अन्य समस्या परेका समुदायलाइ पनि सहयोग गरेको कुवरले वताए । शान्ति सेवा गृहले बाजुरामा समस्या परेका ब्यक्ति तथा समुदायलाई सहयोग गरिरहेको छ ।
गौमुल गाउँपालिकामा गए बर्ष मात्र बाढीपहिरोले ठुलो धनजनको क्षति पुुयाएको थियो । गाउँपालिका भरी ९ सय परिवार बाढीपहिरो बाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोखिम रहेको गाउँपालिकाले जनाएको छ । ति परिवारलाइ अन्यत्र बिस्थापन गर्नुपर्ने रहेको जनाएको छ ।
शान्ति सेवा गृहले कोरोनाको कहरमा ज्यालामजदुरी गुमाएका, कोरोना संक्रमित बाट आफन्त गुमाएर समस्या परेका परिवारलाई चामल, दाल, नुन, तेल, तरकारी, अण्डा, साबुन, मास्क सहयोग गरेको शान्ति सेवा गृह कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । संस्थाले जोखिममा परेका समुदाय बालवालिका र बाढिपहिरो पिडितलाई समेत सहयोग गरेको हो । काठमाडौ रहेको उक्त संस्थाले देशभर समस्या परेका परिवारलाई सहयोग गरेको हो । काठमाडौ, ललितपुर र भक्तपुरमा खाद्य संटक परेका समुदायलाई अनलाइन सेवा मार्फत सहयोग गरिरहेको छ ।
३५ बर्ष देखी Marianne grospietchबिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो । पछिल्लो समयमा बाढिपहिरो पिडितलाई सहयोग गरिरहेको छ । संस्थाले १४ सय जना असाहय समस्या परेका ब्यक्तिहरुलाई संस्थामा राखेर पालनपोषण, शिक्षादिक्षा र उपचारमा सहयोग गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार