बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • खाली पेटमा लसुन, पाँच फाइदा

खाली पेटमा लसुन, पाँच फाइदा

  • सोमवार, भदौ २१, २०७८
खाली पेटमा लसुन, पाँच फाइदा

एजेन्सी — हाम्रो तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग त गरिरहेका हुन्छौँ। तर, यसलाई औषधिका रुपमा लिन चाहिँ कहिलेकांही भुलिरहेका पनि हुन्छौँ। तर, आयुर्वेदले त लसुनलाई औषधी नै मानेको छ। विहान खाली पेटमा लसुन खाँदा चाहिँ झन् धेरै फाइदा हुन्छन्। ती हुन् पाँच फाइदाः

१. उच्च रक्तचापबाट छुटकारा
विहान खाली पेटमा एक पोटी लसुन खाँदा उच्च रक्तचापलाई नियन्त्रणमा लिन सकिन्छ। लसुनले हाम्रो रगतको सर्कुलेसनलाई नियन्त्रणमा राख्न सहयोग गर्छ।

२. पेटका बिमारी छुमन्तर
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्याहरु समाधानमा पनि ठूलो सहयोग पुग्छ। त्यसको रोकथामका लागि लसुन अत्यन्त उपयोगी मानिन्छ। पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडापखालाबाट पनि छुटकारा पाइन्छ।

३. मुटु हुन्छ स्वस्थ
लसुनले मुटुसँग सम्बन्धित समस्यालाई पनि हटाउँछ। लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुटकारा मिल्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ।

४. पाचन प्रणाली हुन्छ बलियो
खाली पेटमा लसुनको पोटी चबाएर खानाले हाम्रो पाचन प्रणालीमा निकै सुधार हुन्छ। यसले भोक नलाग्नेहरुलाई पनि भोक जगाउँछ।

५. धेरै रोगबाट राख्छ टाढा
लसुन खाली पेटमा खानाले चिसो, खोकी, निमोनिया, ब्रोकाइन्टिसलगायतका समस्याबाट पनि हामीलाई मुक्ति मिल्छ।

चर्चामा

सम्बन्धित समाचार