शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

  • शुक्रबार, भदौ १८, २०७८
कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । १२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।

१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ ।

देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ । यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार