शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लेख भित्रको लेख!

लेख भित्रको लेख!

  • सोमवार, भदौ १४, २०७८
लेख भित्रको लेख!

सुरेशकुमार पान्डे।हिंजो नौलो जनवादी क्रान्ति गर्छौँ भनेर जनतालाई बन्दुकोको बलमा भरिया बनाउँने सुराकी भन्दै र खुराक नदिएको बहानामा कयौँ निर्दोशलाई अकालमै सिकार बनाएका प्रचण्डका कुरा सुन्दा हाँसो लाग्छ।”उन्ले युवाहरुको कार्याक्रममा”अब अर्को समाजवादी क्रान्तिको लागि तैयार हुँन आवहान गरेकाछन।त्यो मात्रै होईन बिभिन्न राजनीतिक दलहरुलाई समाजवबादी आन्दोलन लाई साथ दिन आबहान गरेकाछन।ठिक त्यहि कुरा डाक्टर बाबुराम भट्टराईले लेखेकाछन।उन्ले अब नयाँ समाजवादको मैन्डेट तैयार गर्ने तर्फ आकार्सित हुँन आवहान गरेकाछन।
हिंजोका दिनहरुमा उन्लाई लगाएको ‘रअ’को आरोप यस बाट पनि प्रष्ट हुन्छ।नेपालको कम्युनिष्ट आन्दोलन लाई सखाफ पार्ने जीम्मा डा.बाबुराम र प्रचण्डहरुको काँधमाछ।उनिहरुले बिगतमा एमालेका मदन भण्डारीले ल्याएको त्यहि फार्मुलामा टेकेर समाजवाद ल्याउँने योजना बनाएकाछन वा कम्युनिष्ट आन्दोलनलाई सखाफ पार्ने रणनीति अगालेकाछन यो उनिहरुको ब्यबहारले बिस्तारै पुष्टि गर्दै आएकोछ।
उनिहरुले नौलो जनवादी क्रान्तिकै लागि भनेर दश बर्ष सम्म देशमा गृययुद्ध गरे।आफु भारतमा लुकेर भारतको खिलाफ सुरुङ युद्ध सुरु गर्ने धाक जमाए ठिक त्यहि बेला उनिहरुको कथित जनयुद्धमा फरक प्रचण्ड पथले डेरा जमाएको थियो।उनिहरुको जनयुद्ध थिएन उनिहरुको कम्युनिष्ट क्रान्तिकारी होनहार युवाहरुलाई खतम गर्ने रणनीति थियो जो नेकपा मसालले शहिदको खेति भनेर बिरोध गर्दै आएको थियो।
उनिहरुले नौलो जनवादको लागि होईन बरु नौलो जनवादलाई बद्नाम गर्ने उदेश्यले बन्दुक उठाएका थिए।जो होनहार क्रान्तिकारीहरुको नाश गरेर आतङ्वादी झुण्डको बिकास गर्दै गयो।जो शहिद भय आन्दोलनमा मारिए उनिहरुलाई त्यो बेला नेतृत्वको शडयन्त्र बुझ्न गारो भयो।उनिहरु महान देशभक्त र क्रान्तिकारीनै थिए जसले साहदात प्राप्त गरे।
उनिहरु नेतृत्वको शड्यन्त्रको पर्दाफाश राजतन्त्रको हत्यपछि भयो उनिहरुले हाम्रो राजा सँग अघोषितरुपमा कार्यगत एकता थियो भनेर स्विकारे।जो नेकपा मसालले बारमबार भन्दै आएको थियो।वास्तबिक लडाई को सँग थियो त?प्रष्टैछ उनिहरुको लडाई क्रान्तिकारी जनशक्ति सँग थियो र उनिहरुले ति उर्चजामन क्रान्तिकारी शक्तिलाई खतम पारेर एउटा पुँजीवादी प्रकारको झुण्डलाई जम्मा गरे जो उनिहरुको ईसारामा लुटमार गरोस र उन्लाई नेताको रुपमा स्विकारगरोश।यो कुरा बाबुरामले प्रचण्डमाथि करौँणौको हिनामिना गरेको आरोप लगाएको आरोपले पनि उनिहरुको सर्वहारा क्रान्ति थिएन भन्नेबारे प्रष्ट पार्छ।
जब भारतको रोबरमा बाह्र बुँदे समझ्दारी भयो त्यहि बेला यिनिहरुले आफुहरु माझिएको र खारिएको निचोड भनेको बहुदलिए जनवाद भनेर भन्न पुगे जो धेरै पहिले मदन भण्डारी ले अप्नाई सकेकाथिए।उनिहरुको पाँचौ महाधिबेसनले मालेमा लाई छाडेर माले स्विकार गरेका थिए।
आखिरमा उनिहरुको नीति ठिक त्यँहा आएर मिल्यो अहिले उनिहरुले समाजवादी क्रान्ति गर्ने योजना बनाएकाछन।
देश अहिले पनि आधा सामन्ति र आधा उपनेबेसिक अबस्थामा छ।देश आत्मनिर्भर छैन।अहिले पनि देश परनिर्भर छ तर पनि प्रचण्डले यँहा रुसमा लेनिनले गरेको जस्तै वा नयाँ मोडेलको बाबुरामले भनेको जस्तो समाजवाद ल्याउँने आवहान गरेकाछन।त्यसको खाका आगामिदिनहरुमा भाईर आउँनेनैछ।हाम्रो देशका आफुलाई कम्युनिष्ट भन्नेहरुले देशलाई बद्नाम गराउँन कम्युनिष्टलाई सखाफ पार्न कम्युनिष्टको लोगोलाई अप्नाएकाछन।यिनिहरु साम्राज्यवादका एजेन्ट हुन सक्छन जो देशको कम्युनिष्ट आन्दोलनलाई कम्युनिष्टकै हथियार बाट सखाफ पार्न चाहान्छ।यो नयाँ कुराहोईन देशमा जहिले जहिले कम्युनिष्ट आन्दोलन चरम अबस्थामा हुन्छ त्यसलाई बद्नाम गर्न स्वायम कम्युनिष्टकै बिचबाट गद्धारहरु जन्मिन्छन।झापाको आन्दोलनलाई बद्नाम गर्न किसानका खोरहरु बाट बाख्रा चोरेर लाल सलाम लेखेको पर्चा फाले,किसानको पाकेको बालिमा आगो लगाएर लालसलमा भन्दै हिँडे।साठि बर्षमा मान्छे काम नलाग्ने हुन्छ तिनिहरुलाई मार्छन कम्युनिष्टले भन्दै हिँडे।मार्क्सलाई बद्नाम गर्न धर्म मान्दैन भन्दै दिदि बैनी समेतलाई मान्दैनन जस्ता घृणित आरोप लगाए।
त्यसरी उर्जामान आन्दोलनलाई बद्नाम गरियो।यसरी कम्युनिष्टलाई डाँका समेत खोषित गरेको हाम्रै देशको ईतिहाशछ।अहिले उनिहरुले देशमा बर्ग शंघर्ष होईन देशमा नयाँ मोडेलको समाजवादको थालनि गर्दैछन।
मालेमाको आधारभूत सिधान्तलाई नयाँ प्रयोग भन्दै छाडेर आफ्नै प्रकारको कम्युनिष्ट तैयार पार्ने योजना बनाएकाछन यि पाखण्डिहरुले देशका जनतामा भ्रम छरेर आफुले ऐयासी गर्ने योजनानै हो।यो नयाँ मोडेलको समाजवाद।

चर्चामा

सम्बन्धित समाचार