शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • बेवारिसे अवस्थामा पुरुषको शव फेला

बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • शनिबार, भदौ १२, २०७८
बेवारिसे अवस्थामा पुरुषको शव फेला

तनहुँ — तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै एक बेवारिसे शव फेला परेको छ ।

व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक आज पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५/३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव दमौली अस्पतालमा राखिएको छ ।

“मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ”, उनले भने ।

चर्चामा

सम्बन्धित समाचार