बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा : योजना विना गरेको विकासले पारेको विनास

बाजुरा : योजना विना गरेको विकासले पारेको विनास

  • बिहिबार, भदौ १०, २०७८
बाजुरा : योजना विना गरेको विकासले पारेको विनास

बाजुरा–हिमाली गाँउपालिका ५ मा आर्थिक बर्ष ०७५।०७६ मा कवाडी बिच्छँया हिल्सा सडकको निर्माण कार्य शुरु गरियो । प्रदेश सरकारले निर्माण गर्न लागेको सडक डोजरले खन्यो ।

सडक डोजरले खनेका कारण यो असारमा वडा नम्बर ५ क्युडीका ९७ परिवार बिचल्ली परेका छन् । गाउँतल सबै पहिरो गएपछि गाउँ पहिरो जोखिममा रहेको गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । गत बर्ष उक्त सडक निर्माण गर्दा कुयडी, कवाडी, बच्छँयामा सिचाइका लागि निर्माण भएका ३ वटा सिचाइ कुलो तहस नहस पारयो । त्यो सँगै कवाडी खोला जलबिधुक्तको नहर समेत सडकले भत्काएको स्थानिय हर्क बहादुर बुढाले वताए ।

२०७५ माघ महिनामा सडक निर्माण देखि तिनवटा सिचाँइ कुलो भत्काएपछि १ सय ५० परिवारको जमिन पुरै बाझो रहयो । लगाएको हिउँदेवाली सिचाई नहुँदा सबै नष्ट भयो । स्थानियले ठेकेदार पुर्वाधार विकास कार्यलय अछामलाई सिचाइ नहर बनाइदिनका लागि आग्रह गरेको थियो । तर कसैले पनि उनिहरुको कुरा सुनि दिएनन्, बर्षेवाली समेत धान रोप्न पानि कुर्नु पर्ने अबस्था आयो । एकातिर नहर भत्कायो, अर्कोतिर लगाएको अन्नवाली खेतमै सुक्यो, क्षतिपुर्तिका लागि स्थानिय स्तरमा पहल गरेको भएपनि कसैले कुरा नसुनिदिएको स्थानिय दान बहादुर बुढाले वताए ।

योजना निर्माण गर्दा प्रारम्भिक वाताबरणीय परिक्षण र बिस्तृत परियोजनाको अध्यन गरेर मात्र काम अगाडि बढाउनु पर्छ । खानेपानि सिचाई जंगल लगायतका संरचना क्षति हुने भएपछि क्षतिपुर्ति दिनु पर्ने हुन्छ । तर यो सडक निर्माण हुदा कुनै अध्ययन विना नै काम भएको छ ।

त्यस्तै गाउँको माथि बाट डोजर सड्क निर्माण गर्दा बडिमालिका नगरपालिका -१ मैमातोलाको बस्ती नै पहिरो उच्च जोखिममा रहेको छ । बर्षातको समयमा त उनिहरु बिस्थापित हुने गरेका छन् । घर माथि बाट सडक निर्माण गर्दा स्थानियले रोक्न खौज्दा पनि जबरजस्ती सड्क डोजर खनेर लगे । अहिले मैमातोलाका १० परिवारको उठिवास जस्तै भएको छ । उनिहरु हिउँदमा पनि पानि आएको बेला गाँउ बाट तल टाढा गएर चौरमा पाल टागेर बस्ने गरेका छन् । शुरुमा त सड्क बन्यो अब विकास भयो भन्ने लागेको थियो, अहिले त माथि बाट पहिरो आउदा उल्टै बिनाश भएको स्थानिय नरि बिष्टले वताए । २० मुरी धान फल्ले खेत भने पहिरोले छापिसकेको उनले वताए ।

सदरमुकाम मार्तडी देखि गौमुल गाउपालिका सम्म जोड्ने यो सडक निर्माण गर्दा गाउका दर्जन बढि किसानको खेतबारी पहिरोमा परिणत भएको छ । भने तिन वटा बस्ति उच्च जोखिममा रहेका छन् । कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ । खेतबारी बीचबाटै निर्माण भएको सडकले खेतबारी नै बगाउन थालेपछि उनीहरुकोे स्थानियको उठिबास हुन लागेको छ । परिवार पाल्ने धानखेत सबै बगाएपछि मैमातोला बासी अहिले निराश हुनुका साथै बस्ति बिस्तारको माग गरिरहेका छन ।

मैमातोला जस्तै बाजुराका दर्जनौ बस्ति अहिले सड्क निर्माण गर्दा डोजर प्रयोगले पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानिय सरकारले सड्क निर्माणका क्रममा जथाभाबि डोजर परिचालन गर्दा बस्ति जोखिम र खेति योग्य जमिन तहसनहस हुदै गएको छ । छेडेदहँ गाँउपालिका २ बस्ने सुरत थापाले भने कुनै योजना छैन, डोजरले आफै प्राबिधिक भएर सड्क खनिरहेका छन् । जथाभाबी सड्क निर्माण गर्दा गाँउ जोखिममा बनेको वताए । छेडेदह गाँउपालिका मात्र दर्जन बस्ति पहिरोको जोखिममा रहेको वताए । वडा नम्बर ५ डोगडिको गाँउमा माथि बाट सड्क निर्माण भएको बर्षातमा पहिरो बग्दा १ सय परिवार जोखिममा रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार