मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसद गरे आयोगमा सनाखत (नामावलीसहित)

माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसद गरे आयोगमा सनाखत (नामावलीसहित)

  • बुधबार, भदौ ९, २०७८
माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसद गरे आयोगमा सनाखत (नामावलीसहित)

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । भारतमा उपचारकाे क्रममा रहेका उनले दूतावासमार्फत निर्वाचन आयोगमा हस्ताक्षर सनाखत पठाएका हुन् ।

५५ केन्द्रीय सदस्यको सूची

२९ सांसदको सूची

 

चर्चामा

सम्बन्धित समाचार