बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • `हड्डी र कुकुर´को भन्दा भिन्न छैन् ,नेकपा र सत्ताको सम्बन्ध-नेता रावल

`हड्डी र कुकुर´को भन्दा भिन्न छैन् ,नेकपा र सत्ताको सम्बन्ध-नेता रावल

  • बुधबार, असार १७, २०७७
`हड्डी र कुकुर´को भन्दा भिन्न छैन् ,नेकपा र सत्ताको सम्बन्ध-नेता रावल

नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचीव एवम् कांग्रेस युवा नेता योगेन्द्र रावलले कोरोना भाईरस (COVID-19) ले जनता आक्रान्त भैरहेको बेला प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रधानमन्त्री केपि ओलिले जनताको स्वास्थ्य माथी खेलबाड गरेको आरोप लगाउनु भयो| नेता रावलले क्वारेन्टिनमा जनता हरेक दिन औसधि उपचार नपाएर मरिरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु सत्ता परिवर्तनको फोहोरी खेलमा लागेको तर्फ कटाक्ष गर्दै सामाजिक संजालमा-“`हड्डी र कुकुर´को भन्दा भिन्न छैन् ,नेकपा र सत्ताको सम्बन्ध! सिनो सडेर गनाएको थाह छैन् तर निरन्तर लुछिरहेकाछन् |” लेख्नुभएको छ| नेकपा कै अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलिको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजिनामा मागे लगत्तै सत्ताको निम्ति कम्युनिस्टहरु जे गर्न पनि पछि पर्दैनन् भन्दै नेता रावलले देश अफ्ट्यारोमा परेको बेला जनताको सुरक्षा गर्न सक्ने प्रधानमन्त्री दिन नेकपा लाई आग्रह गर्नुभयो| नेकपा भित्रको आन्तरिक बिवादले गरिव अस्वस्थ जनताको जिवनमाथी खेलबाड भैरहेको छ| सताको निम्ति हिजो कुनै बेला कांग्रेस को त कुनैबेला राजाको सरणमा समेत पर्न भ्याउने कम्युनिस्टहरु अहिले आफ्नो बहुमत हुदाहुदै पनि सत्ताको दुरुपयोग गर्न आलोपालो लडिरहेको नेता रावलको ठहर छ|

चर्चामा

सम्बन्धित समाचार