आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराबाट सरकारी टोली सहित बडिमालिका तिर्थयात्रा सुरु

बाजुराबाट सरकारी टोली सहित बडिमालिका तिर्थयात्रा सुरु

  • बुधबार, भदौ २, २०७८
बाजुराबाट सरकारी टोली सहित बडिमालिका तिर्थयात्रा सुरु

बाजुरा —  प्रसिद्ध धार्मिक स्थल बडीमालिका तीर्थयात्रा बुधबारदेखि विधिवत् सुरु भएको छ । बाजुराबाट सरकारी टोली सहितको तिर्थयात्रा सुरु गरेको छ ।

बाजुराबाट यस बर्ष प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहितको सरकारी टोली तिर्थयात्रामा निस्केको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।

बाजुराको बडीमालिका मन्दिरमा जनैपूणर्िमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ । तर यस बर्ष कोरोनाका कारण धेरै भिडभाड नहुने गरी र बिषेश पुजा गर्ने बाहेक अन्यलाई भने बन्देज गरिएको छ ।
समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुग्न ४ दिनको पैदल यात्रामा हजारौ भक्तालुहरु यात्रामा निस्कीएको छ । झरी होस् कि जाडो तीर्थालुहरु मौसमको खासै परवाह गर्दैनन् ।

१४ हजार फीट उचाईमा बडिमालिकाको यात्रालाई धार्मीक रुपमा महत्वपुणर् मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट भुलिने बडिमालिका नगरपालिकाका प्रमुख पदम बड्वालले बताए । बडीमालिकामा शनिबार अर्थात भदौ ५ गते मूलपूजा गर्न मेला लाग्दैछ ।

जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँ स्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार बुधबार बडीमालिका जान तयारी पुरा बिहान ७ बजे प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको नृतित्वमा यात्रामा लागिसकेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।

औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भइसकेको बाजुराका प्रमुख जिल्ला अधिकारीले बताएका छन । पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै रहेको छ ।

अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ । बाजुराबाट बडीमालिका पुग्न तोकिएका स्थानहरूमा बसेर तीन दिन लगाउनै पर्ने परम्परा छ ।

सोही मान्यता अनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ ३ दिन अघिदेखी हिड्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महाराले बताए ।
त्यसै गरी बडिमालिका नगरपालिकाको सरकारी टोली पनि आजै प्रश्थान गरेको बडिमालिका नगरपालिकाका बिर बहादुर बिष्टले बताएका छन । बडिमालिका नगरपालिकाका प्राबिधीक उमेश बडुवाल सहित ६ जनाको टोली पनि आजै प्रस्थान गरेको बिष्टले बताए ।

बिष्टले दिएको जानकारी अनुसार यस बर्ष प्राबिधकीहरुको टोली मात्रै गएको र ठाउँ ठाउँमा चर्पीको ब्यबस्थापनका लागि पनी एक टोली गइसकेको बडिमालिका नगरपालिकाले जनाएको छ ।

May be an image of 1 person, standing, outdoors and tree
बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउछन् ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाया अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो ।
मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् ।

२२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् । करिब १४ हजार फिट उचाइका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने त्यहाँ बडिमालिका नगरपालिका वडा न ९ का दिर्घराज पाध्यायले बताए ।
बर्षनी बाजुरा जिल्लाले बडिमालिका जाने तिर्थयात्रुका लागी सुरक्षा ब्यावस्थापन गर्दै आएको छ । सधैको जसरी यस बर्ष पनि बाजुरा प्रशासन कार्यालयले सुरक्षा टोली सहित बडीमालिका गइसकेको छ ।

मेला अवधि भर मदिरा निशेष गरिएको छ विषेश सुरक्षा टोली परिचालित हुने भएको प्रहरी नायव उपरिक्षक महराले बताए । बीचबाटोमा बास बस्ने र दर्शन गर्न जाने दर्शनार्थीले आपत परेको अवस्थामा जुनसुकै बेला पनि प्रहरीलाई खबर गर्न सकिनेछ ।

May be an image of 5 people, including Umesh Baduwal, people standing and outdoors
देश विदेश बाट पनि तिर्थालु पुग्ने गर्दछन । बडीमालिका माईको दर्शनका लागी विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्लाबाट तिथार्लु पुग्ने गर्दछन् ।
काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ । बडीमालिका माइको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पुरा हुने विश्वास रहेको छ । जनैपुणिर्माका दिन गरिने पूजाका लागि १५ दिन अघि देखी नै तयारी गर्ने चलन छ ।
बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुणर् धार्मिक स्थल बुढिनन्दा नगरपालिकामा रहेको बुढिनन्दा, बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकामा रहेको बडिमालिका र नाटेश्वरी, जुकोटको स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिकामा रहेको बडालेख लगाएतका धार्मीक पिठमा साउन पुणर्िमाको दिन एकै दिन पुजाआजा हुने भएकोले श्रदालुभक्तजन त्यस ठाउतिर प्रश्थान भइसकेका छन ।

धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिबेणि, कालाजग्रा गुफा ताल, दउने ताल लगाएतका तालहरु अस्तित्व संरक्षणको अभाबमा भए पनी प्राकृतीक सौन्दरता भने हराएको छैन । बाजुराको बुढिनन्दामा धामीक आस्था संगै सुन्दरताले भरीपुणर् रही आएको छ ।
बुढिनन्नदा थपनको संगै चट्टानै चट्टानको बिचमा ठुला तालहरू  छन यस वरीपरी साना ठुला गरी अरु ९ ओटा तालहरु पनी छन । मुख्य तालको उचाइ ४ हजार ५सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछी दोस्रो ताल हो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार