शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा भदौ एक गतेदेखी मास्क नलगाउनेलाई यस्तो छ जरिवानाको तयारी

बाजुरामा भदौ एक गतेदेखी मास्क नलगाउनेलाई यस्तो छ जरिवानाको तयारी

  • मङ्लबार, भदौ १, २०७८
बाजुरामा भदौ एक गतेदेखी मास्क नलगाउनेलाई यस्तो छ जरिवानाको तयारी

बाजुरा —  बाजुरा जिल्लामा अनिबार्य मास्क अभियान संचालनमा आए संगै भदौ एक गते देखी लागु हुने गरी जरिवानाको शुल्क समेत तोकेको छ । जिल्लामा कोभिड १९ नियन्त्रण सम्बन्धी बनेको कार्यबिधीले बिभिन्न किसिमको जरिवाना गराउने कार्यबिधि तयार गरेको हो ।
कोरोना भाइरसबाट बच्न सकिने एक मात्र उपाय मध्यको मास्क रहेकोले जिल्लामा अनिबार्य मास्क लगायतको कार्यबिधि तयार गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भदौ एक गते देखी सार्बजनिक ठाउँमा हिडडुल गर्ने जो सुकैलाई रु १० को मास्क उपलब्ध गराउने साथै बालबालिका र बृद्धबृद्धा हरु र मास्कको बारेमा जानकारी नै नभएका बाहेक अन्य ब्यक्तीलाइ १ सय रुपैया जरिवाना गर्ने कार्यबिधिमा उल्लेख गरीएको छ ।
अनिबार्य मास्क अभियान अन्तरगत असहयोग गर्ने सवारी साधानहरु, पशल ब्यवासायी, सरकारी कार्यालय , बैक तथा बित्तिय संस्था लगायत सेवा प्रदायक संस्थाहरुको हकमा संक्रामक रोग ऐन २०२० बमोजिम २ हजार दुखी ५ हजार सम्म जरिवाना गर्न सकिने कार्यबिधिमा उल्लेख गरीएको छ ।
जरिवाना गरिएको विवरण जिल्ला प्रहरी कार्यालय बाजुरामा हुने र सो को बिबरण जिल्ला प्रशासन कार्यालय बुझाई सार्बजनिक गर्ने कार्यबिधिमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार