बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोभिड संक्रमित महिलाले अस्पतालमा जन्माइन् बच्चा

कोभिड संक्रमित महिलाले अस्पतालमा जन्माइन् बच्चा

  • आइतवार, साउन ३१, २०७८
कोभिड संक्रमित महिलाले अस्पतालमा जन्माइन् बच्चा

कोभिड संक्रमित एक महिलाले सल्यान अस्पतालमा बच्चालाई जन्म दिएकी छिन् । २४ साउनमा कोभिड पजिटिभ देखिएकी त्रिवेणी– ६ रुकुम पश्चिमकी २१ वर्षीया सुजाता ओलीले शुक्रबार राति शिशुलाई जन्म दिएको सल्यान जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए ।

२४ साउनमा ज्वरो आएपछि रुकुम पश्चिम जिल्ला अस्पतालमा जचाउँदा कोभिड पजिटिभ देखिएकी गर्भवती ती महिला २७ साउनमा सल्यान जिल्ला अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएकी थिइन् ।

महिलालाई सुत्केरी हुने दिएकोे डेट कटेका कारण अस्पतालमा बेथा लाउने औषधि दिई व्यथा लागेपछि ३१ सय ग्राम तौल भएको बच्चालाई जन्म दिएको डा.जैसीले बताए । ‘कोभिड पजिटिभ गर्भवतीलाई स्वास्थ्य संस्थामा डेलिभरी सेवा दिएको सल्यान जिल्लामै पहिलो हो,’ उनले भने, ‘हाल आमा र शिशु दुवैको अवस्था सामान्य छ । सुत्केरी महिलालाई डिस्चार्ज गरी होम आइसोलेसनका लागि पठाइएको छ ।’

कोभिड संक्रमित भएका कारण यस्तो वेलामा बच्चालाई सावधानीपूर्वक स्याहारसुसार गर्नुपर्ने जैसीले बताए । ‘अहिले बच्चा स्वस्थ छ, आमाले अन्य सुत्केरीजस्तै बच्चालाई दूध चुसाउनुपर्छ,’ उनले भने, ‘तर, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ ।’नयाँ पत्रिकाबाट

चर्चामा

सम्बन्धित समाचार