सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रो देशको राजनीतिले हुनेहार गराउँछ

हाम्रो देशको राजनीतिले हुनेहार गराउँछ

  • शनिबार, साउन ३०, २०७८
हाम्रो देशको राजनीतिले हुनेहार गराउँछ

हाम्रो देशको राजनीतिले हुनेहार गराउँछ
जब नेताले नीतिलाई नि ब्यपार गराउँछ।

हेर्दा हेर्दै आफ्नो यो सारा जीवन बितायौं,
बिचार ब्यबहार नमिल्दा दिक्दार गराउँछ।

गफमा कपालकै छाला निकाल्नेहरु सदै,
आफु बाहेकका अरुलाई वेकार गराउँछ।

कहिले कांहि हालातले यस्तो नि गारायो,
दोस्त दुश्मन र दुश्मन लाई यार गराउँछ।

कस्ता कस्ता लाछी नेताहुँन हाम्रो देशका,
एउटा एमसीसीले पनि मारामार गराउँछ।

हो त्यसैले त भन्दै आयो सेतेले सदै भरी,
यिनै नेताको ब्यबहारले भ्रष्टचार गराउँछ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार