बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • अन्तर्राष्ट्रिय युवा दिवस बाजुरामा पनि भब्यताका साथ सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवस बाजुरामा पनि भब्यताका साथ सम्पन्न

  • बिहिबार, साउन २८, २०७८
अन्तर्राष्ट्रिय युवा दिवस बाजुरामा पनि भब्यताका साथ सम्पन्न

बाजुरा — ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा पनि बिबिध कार्यक्रम गरी २२ औँ अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ। दिवसको अवसरमा सुक्रबार बडिमालिका नगरपालिकाको हलमा बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो । जिल्ला युवा समिति,राष्ट्रिय युवा महासघं र बडिमालिका नगरस्तरीय युवा संजालको आयोजनामा अन्तरकृया कार्यक्रम लगायत बिबिन्न बिधामा राम्रो काम गर्ने युवाहरुलाई सम्मान गरेको नगर स्तरीय युवा संजालका अध्यक्ष प्रसान्तराज जोशीले बताए । बाजुरा जिल्लामा मनाईएको अन्तर्राष्ट्रिय युवा दिवसमा युवासँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्थाहरुको सहयोग तथा सहकार्यमा दिवस मनाइएको जिल्ला युवा समितिका अध्यक्ष कृष्ण बहादुर थापाले बताएका छन ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निणर्य गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन्।
जिल्ला युवा समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व भुमिसुधार तथा सहायक मन्त्री जनकराज गिरी रहेका थिए । बडिमालिका नगर स्तरीय युवा संजालका अध्यक्ष प्रशान्तराज जोशीले संचालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावत, गैसस महासघंका केन्द्रीय सदस्य काशी बिक लगायत बिषिश्ठ अतिथि रहेका थिए । साे कार्यक्रम स्वागत युवा क्लवका केशब बाेहराले गरेका थिए ।
अन्तरकृया कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले सरकारका तिन ओटै तहहरुले युवा मुखी कार्यक्रमहरुमा जोड दिनुपर्ने बताएका थिए ।
प्रमुख अतिथि समेत रहेका पूर्व भुमिसुधार तथा सहायक मन्त्री जनकराज गिरीले अबका युवाहरुले सचेत भई लगनशिल हुनुपर्नेमा जोड दिएका थिए । अब कुनै राजनितिक दलको झण्डा समातेर रोडमा उर्फिनु भन्दा शिक्षा क्षेत्र अगाडी बढ्न युवाहरुलाई आग्रह गरेका छन । अबका युवाहरुले शिक्षा संगै ब्यबासायीक क्षेत्रमा लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा युबाहरुको हालको अबस्था युवा रणनिती र हालको अबस्थाका बिषयका सम्बन्धमा राष्ट्रिय युवा महांसघ बाजुराका अध्यक्ष मदनराज जैशीले सहजीकरण गरेका थिए ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो। जसमा बाजुरामा सन् २००७ देखी सो दिवस मनाउदै आएको राष्ट्रिय युवा महासघं बाजुराका अध्यक्ष मदनराज जैशीले बताए । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ। नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार