• होमपेज
  • कला /साहित्य
  • आधा धर्ति (लघुकथा)

आधा धर्ति (लघुकथा)

  • बिहिबार, साउन २८, २०७८
आधा धर्ति (लघुकथा)

कौसल्याको घरमा पाहुँना आएको जस्तै लाग्यो र छिमेकी बाजे यो बेला कुन आएको रैछ भनेर टुप्लुक्कै पुगे!झमक्कै साँझ परेको थियो लोग्ने मानिस नभएको घरमा यो बेला आउँने कस्तो खाले पाउँना हो निश्चय पनि अपरचित होईन होला भन्ने सोचेर आएका दिनु बाजे दलानमा पुगेका थिए पाहुना पनि त्यँही एउटा खाटमा बसेको देखेर ठिङ्ग उभिए र नमस्ते गरे।त्यँहा दुई जना एउटा अर्ध बैंसे अर्को अलि अलि उमेर ढल्किएको थिए।कौसल्याले लाल्टीन बालेर राखेकी थिईन त्यो लालटिकनको रोसनिमा ति अपरिचित हरुलाई दिनु बाजेल ठमाउँन सकेनन्।
भित्र बाट नन्दिले लोटामा मोही ल्याई दिन उनि कौसल्याकी छोरी हुन।बसेका पाहुनाले अलिबेर केही नबोलेपछि हजूर हरुको परिचय पामन!बाजेले मौनता तोड्दै भने!हजूर हामि जुम्लेपानी बाट आएकाहौं यँहा लाहुरे हुनुहुन्छ अहिले यता भेटघाटको लागि आएका अलि उम्र ढल्केको मान्छेले नजिकै बसेको ब्याक्तितिर ईसारा गर्दै भने।अनि माईला सँग चिन जानछ हजूरको?बाजेले सोधे!उनि लाहुरे भनेपछि सँगै बस्छनहोला भनठानेर माईलाले धन पैसो पठाएकोछ कि पत्र पत्रिका पठाईदिएकोछकी?बाजेले सोधे।हजूर उँहाले मलाई आउँने बेला भेट भएर आउँनु भन्नु भयकोले पसेको मात्रै हो।उँहाले केहि पठाउँनु भएकोछैन!त्यो लाहुरे भनिने अर्धबैसें ब्याक्तिले भने।अलि बेर कुरा गर्दै जाँदा बाजेलाई उनिहरुको बारेमा जान्ने मन लाग्यो।
हजूरका केटा केटि मेरो मत्लब नानि बाबु कतिछन?उतै लाहुर तिरै छन की यतै छन?उन्ले केही नसोची सोधे।हजूर म अबिबहित हुँ!लाहुरेले भने।होर अहिले सम्म बिबाह नभएको हो कि?बाजेले आश्चार्य प्रकट गरे।हजूर बिबहानै नगरेको भनौं उस्ले खिसिक्कै दांत देखाएर उत्तर दियो।उस्को हाँसोले गर्दा बाजेले केहीं दांत पनि उस्का झरेको देखे,केस पनि अलि अलि फुलेको थियो।
कुराहरुको आदान प्रदान गर्दै जाँदा उस्ले यो घरकी केटीलाई हेर्न आएको बुझियो।केटी भर्खरकी किसोरी हुन।कौसल्याले बाजेलाई एकान्तमा बोलाईन!उनि त्यो ठाउँका एउटा अबिभावक थिए।दुःख सुख्खमा सबैले दिनु बाजेलाई सोध्ने गर्थे र सिक्षापनि राम्रै दिने गर्थे।बाजे यो साबिक गाबिसमै गतिलो मध्यको ब्याक्ति हुन।सबैले उनै सँग सोधेर काम गर्ने गर्छन।
बाजे यस्को बुबाले छोरीलाई हेर्न भनेर पठाउँनु भएको रैछ के गरौं केटाको राम्रो नोकरीछ भन्छन।तर उमेर भने अलि ढल्केको लाग्यो के गरौं?कौसल्याले सोधिन।बाजेले अलि बेर केही भनेनन् मात्र त्यो ब्याक्ति तर्फ नियाली रहे लुकेर।
देख कौसल्या अहिले तिम्रो छोरीको उमेर कमैछ न आत्यु भन्छु मता!फेरी पनि आफ्नो बुढो सँग सोधेर काम गर्नु केटो धेरै छिप्पेको माने मैले त।भन्दै आफुले दिने नदिने भन्न असमर्थ छुँ!उन्ले भन्छन।अब रात पर्दै थियो चरा चरिङ्गा पनि आ-आफ्ना डेरा तर्फ लाग्दै थिए। भात पकाउ मैले केहि बेर कुरा गर्छु भन्दै बाजे भित्र कोठा तर्फ लाग्छन।
अनि एकछिन पछि कुरा गर्दा बाजेले दहेजको बारेमा सोध्छन।हजूर कत्ति केही चाहिँदैन केटी बाहेक बिहे गरेपछि बिदेश जाने मन्छ उन्ले भने।
बिदेश कुन ठाउँजाने भनेपछि जापानमा जानुपर्ला भन्छ।
आखिर उस्लाई घर सम्माल्ने केटी चाहिएको रैछ।त्यो मात्रै होईन बिहे गरेपछि जापान जाने बिचारछ भनेर उस्ले फ्याट्टै भन्यो।
नन्दिको बाउले बिहे गरेपछि जापान पठाउँने जिम्मा ल्याएकोरैछ।आफ्नो छोरीको उमेर ढल्किन लाग्यो कुनै केटाले मन लगाएन भनठानेर दहेज दिने सर्तमा छोरीलाई हेर्न पठाएको तर त्यो एक पल्ट बिहे गरेर महिलाले छाडेर अन्त पोईल गएको रैच्छ।
त्यसको बारेमा नन्दीको बाउलाई जानकारी छैन।उस्ले त्यसरी पहिलेपनि बिदेश जाने भन्दै केटीहरु लाई ठग्दै गरेको कुरा पछि दिनु बाजेलाई जानकारी भयो।छोरीले आमा बाले जँहा जस्तो सँग बिहेगर भनेपनि गर्छन।यो आधा आकास समयमा चेतनसिल र निडर भएपछि कसैको केहि चल्दैन।नन्दिले सिधै अस्विकार गर्छिन र आफ्नो बचाव गर्छिन।त्यो मात्रै होईन उन्ले आफु पनि जापान जाने पढाईको विजामा भन्दै आफ्नो खर्च बताए पछि दुई जना सुटुक्कै रातोरात त्यँहाबाट सुंईकिन्छन।

चर्चामा

सम्बन्धित समाचार