सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा सदरमुकाम मार्तडीमा ‘तपाईको मास्क खै?’ अभियान सुरु

बाजुरा सदरमुकाम मार्तडीमा ‘तपाईको मास्क खै?’ अभियान सुरु

  • मङ्लबार, साउन २६, २०७८
बाजुरा सदरमुकाम मार्तडीमा ‘तपाईको मास्क खै?’ अभियान सुरु

बाजुरा  — बाजुरामां बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियानशुरु गरेको छ ।
सम्पुणर् मानिसहरुले अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने जस्ता जनचेतना मुलक नारा सहित माक्स खै ? भन्ने अभियान सहितको कार्यक्रम सुरु गरेको हो । नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत सचेतना अभियान ।‘तपाईको मास्क खै? कार्यक्रम बाजुरा सदरमुकाम मार्तडीमा संचालन गरिएको प्रहरीले जनाएको छ ।
आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई माक्स लगाउन प्रेरित समेतको कार्यक्रम गरेको जनाएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ र ९ मार्तडी बजार क्षेत्रमा जनस्वास्थ्य सुरक्षाका सम्पूणर् मापदण्डहरु पूणर् पालना गरी “तपाईको माक्स खोई ?”, सामाजिक दुरी कायम गरौ, साबुन पानीले हात धुने बानिको बिकाश गरौँ जस्ता सचेतना मुलक प्लेकार्ड सहित माईकिङ गरी कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माक्स नलगाई हिडडुल गर्ने सर्वसाधारण, सवारी चालक/सह-चालक र यात्रुहरुलाई समेत सचेत गराई रहेको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार