सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • १० वर्षसम्म मदिरा सेवन गर्नेलाई हेपाटाइटिस–सी र कलेजोको क्यान्सरको खतरा

१० वर्षसम्म मदिरा सेवन गर्नेलाई हेपाटाइटिस–सी र कलेजोको क्यान्सरको खतरा

  • सोमवार, साउन २५, २०७८
१० वर्षसम्म मदिरा सेवन गर्नेलाई हेपाटाइटिस–सी र कलेजोको क्यान्सरको खतरा

पछिल्लो समय हेपाटाइटिस–सीको संक्रमणबाट पीडित हुनेहरुको संख्या बढ्दै गएको छ । विशेषज्ञहरूले यो संक्रमणले विस्तारै विस्तारै मानिसको मृत्यु गराउने बताएका छन् । यो भाइरसले अन्य थुप्रै रोगहरु निम्त्याउने भएकाले एकदमै खतरनाक मानिन्छ । यसको समयमा नै उपचार गरिएन भने कलेजोको सिरोसिस र क्यान्सरको खतरा बढ्ने चिकित्सकहरु बताउँछन् ।

यो संक्रमणबाट पीडित बिरामीहरुको अवस्था बिग्रनुको पछाडिको मुख्य कारक तत्व भनेको नै मदिरा सेवन हो । अनुसन्धानमा प्रमाणित भएअनुसार जो व्यक्ति हरेक दिन ८० एमएलभन्दा बढी मदिरा सेवन गर्छ उसको कलेजोको क्यान्सर हुने सम्भावना ५ गुणा बढी हुन्छ ।

भारतका फोर्टिस क्यान्सर इन्स्टीच्युटको अन्कोलोजी विभागका निर्देशक डा. राजीव बेदीले मदिराले हेपाटाइटिस–सीको संक्रमित व्यक्तिमा हिपेटोस्याल्युलर कार्सिनोमा नामक कलेजोको क्यान्सरको खतरा बढाउँछ ।

भारतको म्याक्स हस्पिटलका अन्कोलोजिस्ट डा. गौतम गोयलका अनुसार पछिल्लो समय भारत लगायत देशहरुमा हेपाटाइटिस–सीको बिरामीको संख्या बढ्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार