मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देश आत्मनिर्भर हुनुपर्छ!

देश आत्मनिर्भर हुनुपर्छ!

  • शनिबार, साउन २३, २०७८
देश आत्मनिर्भर हुनुपर्छ!

सुरेशकुमार पान्डे — देशमा जस्को सुकै सरकार आएपनि जुन सुकै नेता आएपनि जब सम्म देशमा उद्दोग खुल्दैनन् युवाहरुले आफ्नै देशमा रोजगार पाउँदैनन् त्यो बेला सम्म देशलाई कसैले पनि सम्मान गर्दैन बिदेशमा जस्का नागरिक खान र लगाउँनमात्रैमा काम गर्न बाध्यछन त्यो देशको कस्ले उपहाश गर्दैनहोला?हामिले जति सुकै गफ लगाएपनि अरुको नजरमा हामि बिचरा भएकाछौँ।अहिले होम्रो देशलाई विस्वमा ह्याप्ने प्रवृति बढेर गएकोछ।
पहिले हाम्रो देश लडाकु ईमानदार पौरखी र बफादार हुँनेहुँदा कसैले पनि देशका नागरिकलाई उपहाश गरेरन विरताको गुन गायो।नेपालीहरुको बहादुरी लाई देखेर भन्थे”मर्नलाई कसैले डराउँदैन भन्छ भने यात त्यो झुट बोल्छ वा त्यो नेपालीहो।”कति ठुलो बिस्वास थियो नेपालीहरु माथि।गोर्खाली विरहरुले बौडरहरुमा लडेर दुश्मनको किल्ला ढालेका थिए।नेपालीहरुलाई ब्रिटिश भारतले खुबै प्रयोग गय्रो।नेपालीहरुको ईतिहाश लडाई बलिदान बफादर र ईमान्दारीकोछ।त्यसैले पनि अहिले सम्म हाम्रो देश मात्र एउटा यस्तो देशहो जो संसारमा कैहिले कुनै ईतिहाशमा कसैको पनि गुलामि झेल्नुपरेन।तर सन१८१५-१६को सुगौलीमा भयको सन्धिले हाम्रो देशलाई आधा उपनिवेशिक बनायो।त्यो अंग्रेजहरु सँगको लडाईमा पनि हाम्रो पुर्वजहरुको बिरताको गाथा झल्किएकोछ।उनिहरुले सिति मिति हथियार बिशाएनन्।खलंगामा किल्लालाई रोक्दा पाँच सए तिस जनाहरुले सहदात प्राप्त गरेका थिए तर पनि नाला पानीको किल्ला खालि गरेनन् बरु अंग्रेजहरुले पानीको मुहान समेत बन्द गराएर पनि हप्तौं भोकै प्यासै लडेको त्यो ईतिहाश खोतल्दा भेट्टिन्छ।देशलाई त्यो बेला सम्झौतामा टुङ्गाउँदा ब्रिटिसले एकतर्फिया सन्धि गय्रो र जमिन सँगै थुप्रै हाम्रा सन्तानहरु भारतिए भए।त्यो दर्द अहिलेपनि नेपालीको छातिमा खाटो बनेर बसेकोछ।नेपालीहरुले त्यत्तिकै हारमानेको ईतिहाश त भेट्टिदैन।ईमानदारीले गर्दा आज छिमेकीको अतिक्रमण ब्यहोरनु परेकोछ।छिमेकीले अहिले पनि कुनैन कुनै बहानामा देशको दोहन गर्दै आएकोछ।तर पनि हाम्रो देशका विरहरुले आजपनि छिमेकिको बोडरमा लडेर रक्षा गरेकाछन।
हाम्रो कहालि लाग्दो अबस्था त्यहि सुगौलि सन्धिपछि त्यसै सँग सँगै भएको गोर्खा भर्ति केन्द्रले देशलाई अर्काको अधिन र आस्थामा बसाल्यो।बिस्तारै भारतमा काम पाएपछि नेपाली युवाहरुले भारतियहरुको बफादारी पुर्वक देशको रक्षा गर्न थाले त्यसको बद्लामा भारतले आर्थिक सहयोग गर्दै गयो।नेपाल बाट काँचो समानलाई आयात गर्ने र त्यो बस्तु निर्माण गरेर त्यो भारतले नेपालमा निर्यात गर्न थाल्यो।यसरी बनिबनाउ समान पाएपछि र युवाहरुले काम पाएपछि देशको बिकाशमा सुन्य भयो।साशकहरु लाई रेमिटेन्स र आर्थिक सहयोग मिलेपछि उनिहरु त्यहि पैसामा रामाए।
देशमा बिकासलाई सुन्य गराएपछि नेपाल भारतको मण्डि जस्तै भयो।नेपालमा चाईनिज,कोरिया जापानिज बस्तुहरु पहिलेका दिनहरुमा बढि देखिन्थे पछि भारतिय बस्तुहरुले देशको बजार भरिलो भयो।परिणाम देशमा उद्दोग धन्दा चौपट भयो र देश परनिर्भर भयो।अब एउटा सियो देखि बस्त्र नुन देखि मट्टिको तेल कागज ,चीनी चियापत्ति आदि आधारभुत दैनिक उपभोग्यिय बस्तु भारत बाट निर्यात हुन्छन।अहिले त तरकारी समेत भारतले नेपाल पठाउँछ।यानिकी नेपालमा नेपालीहरुले भारत लगायत विस्वका देशहरुमा परिश्रम गर्ने र त्यो पहिसाले बिदेशी समान किनेर जीवन निर्भा गर्ने।यस्तो भएपछि देश कता जान्छ?देशको अर्थ ब्यबस्थामा बिदेशीको कब्जा भएपछि देशको दुरदशा कस्तोहोला यो बुज्ने कुराहो।हामीले भन्छौ देशमा फलानाको सरकार थियो केहि गर्न सकेन र बिदेशीको दलालि गय्रो।तर सम्रचनानै त्यसो बानाएकोछ ढाँचा त्यहि प्रकारकोछ देशभित्र केहिपनि छैन।भारतले दिएपछि बल्ल ग्यासको चुला बोल्छ।कागज र कलम भारतबाट आएपछि बाल बालिका स्कुलमा जान्छन यस्तो दर्दनाक अबस्था देशमा सिर्जना भयो।देशभित्र जुनसुकै र जस्तो सुकै सरकार आएपनि देश जब सम्म आत्मनिर्भर हुँदैन तब सम्म कुनैले पनि देशका जनतालाई सुबिधा दिन सक्दैन।
अहिले देशको खर्च पुरागर्न ठुलो संकट परेकोछ।संसको खर्च कर्मचारीको खर्च त छँदैछ आर्काले सहयोग नगर्दा सम्म बेलाबखतमा आउँने वाईरसका लागि सरकारी अस्पत्तालमा सिटामोल समेत पाईदैन।यो आठौटा सरकार नौवटा संसदलाई कसरि लामूसमय समय सम्म सञ्चालन गर्न सकिन्छ?जबर्न संघियता लाधेर देश र देशका जनताहरुलाई अनिश्चित्ताको कुईनेटामा पुराएकोछ।त्यसैले गर्दा नेताहरुको यो बिदेशी अनुदान हात पार्ने खिचलोमा देश बर्वाद हुँनेछ।अर्को तिर हाम्रो देशका महान बिभूतिहरुको सालिक ढाल्ने काम बिगतका दिनहरुमा खुबै भयो।गोरु काटेर पनि खाए भैंशिको पुजा पनि गरे तर अहिले कतै सुंगुरको शालिक बनाएर त्यसले पनि बजार तताएकैछ।आखिर यो देशमा यस्तो किन हुँदैछ?यसबारेमा गम्भिर भएर सोंच्नुपर्छ।राष्ट्रीयता गणतन्त्र र धर्म निरपक्षियताको जगर्ने गर्दै संघियता लगाएता असमान सन्धि सम्झौताको भब्य बिरोध गर्दै जानुपर्छ।देशलाई आत्म निर्भर गराउँन जुन सुकै राजनीतिक पार्टीले गरेपनि त्यसलाई स्वागत गर्नुपर्छ।तर आत्मनिर्भर गराउँन लाई पहिलो सर्तनै कृषि क्रान्तिनै हो।त्यो एउटा कृषिप्रदान देशका लागि कृषिक्रान्ति बाटनै आत्मनिर्भर गराउँन सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार