मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिरोधको लागि बिरोध गर्न जे भने पनि हुन्छ।

बिरोधको लागि बिरोध गर्न जे भने पनि हुन्छ।

  • शुक्रबार, साउन २२, २०७८
बिरोधको लागि बिरोध गर्न जे भने पनि हुन्छ।

सुरेशकुमार पान्डे — कसैको मुख थुन्न कसैले सक्दैन खास गरेर उन्को जस्ले बिरोधको लागि नै बिरोध गर्दछन।हिंजो ओलिको ताना शाहि असम्बैधानिक र प्रतिगामि ब्यबहारले सबैलाई पोलेको थियो।त्यसको बिरोध गर्ने शक्तिहरु सँग मिलेर उस्लाई पाराजित गरियो।अब कयौं मित्रहरुले त्यो जस्तो भयपनि रातो झण्डा बोकेर हिंड्थ्यो त्यसलाई किन पल्टायौ कांग्रेस सँग मिलेर भनेर रुँदैछन।हिंजो ओलिले प्रतिगामि कदम चाल्दा चुप्प लागेर बस्ने भनेर कराउँनेहरु ओलिको सरकार गिरेपछि ओहो ओलिलाई गिराएर कांग्रेसलाई माथि पुरायो त्यो त हाम्रो बर्ग दुश्मन थियो भनेर कराउँछन।
यो ब्यबहार कस्तो हो भने आफ्नो चचेरा भाईले अप्राध गरेपनि त्यो त भाईनैहो भनेर उपक्ष गर्नुहो।तर एउटा न्याय प्रेमिले त्यसो गर्दैन उस्लाई आफ्नो साख्खै भाई भएपनि गलत लाई गलत भन्छ र भन्नुपनि पर्छ।अहिले एमसीसी खतराहो कि प्रतिगमन भनेर प्रश्न गर्नेहरुले के बुझ्नुपर्छ भने एमसीसी पास गराउँनलाई ओलिले गरेको ठुलो शड्यन्त्रमा संसदको बिघटन भयकोहो।ओलिले टनकपुरको सम्झौता पारित गराएर भारतियबाट जुन जसलिएका थिए त्यहिप्रकारको जसलिन उनि एक्लो बहुमत हासिल गर्न चाहान्थे।त्यसैको परिणाम ‘रअ’प्रमुखले दिएको आस्वासनमानै दुई तिहाईको सरकार संसद बीघटन गराएको सबैलाई थाहाछ।उन्ले आफ्नै रोहबरमा निर्वाचन गराएर बहुमत लिने दाउँमा सामन्तकुमार गोयल सँग गरेको सम्झौताको रणनीति त्यो सरकारको अफ्सान भएको थियो भनेर बुझ्नुपर्छ।उन्ले त्यसपछि गरेको ब्यबहारले त्यो कुराको पुष्टि पनि गरेकोछ।तानाशाहि र असम्बैधानिक भएर आफ्नो मनमर्जिले भारत समर्थकहरुलाई मन्त्रिबनाएर ल्याउँनु र नागरिकता बिधायिका पारित गराउँनुमा ओलिको त्यहि नियतले काम गरेको प्रष्टछ।त्यो बेला ओलिलाई नहटाई नहुँने परिस्थिति थियोर राजमो लगायतका पाँच दलको गठ बन्धनले त्यो काम गर्यो।
हामिले पहिले के भनेका थियौं भने अहिले ओलिलाई पाखा लगाएर बामपन्थिको सरकार गठन गर्नुपर्छ त्यो धेरै प्रयासको बाबजुद पनि सम्भब भयन।बामपन्थिहरुमा चरम फुटको ब्यबहारले उनिहरुमा एकता हुनै सकेन।आखिर सरकार त कसैन कसैले बनाउँनै थियो।शेरबहादुर देउवाले सरकार बनाए।राजमोले जबसम्म ठिक काम गर्छन समर्थन गर्ने गलत गर्दा बिरोध गर्ने सर्तमा समर्थन दिएकोछ।गुण र दोशको आधारमा जे पनि गर्न सकिन्छ।
साथिहरुले भन्न सक्नुपर्छ आखिर यसको बिक्लप के हुन सक्थ्यो?कसैको बिरोध मात्र गर्ने भन्दा बिक्लप पनि त बताउँनुपर्छ।बिरोधको लागि बिरोध गरेर कसलाई फाईदा पुग्छ।”मनमिल्दा सम्म ग्यस पनि बसायो मन मिल्न छाडेपछि चमेलि दलेपनि गनायो”भनेको यहिनै हो।जति बेला यँहाहरु लाई राम्रो लाग्यो त्यो बेला गलत पनि ठिक भयो जब मन मिल्न छाड्यो त्यसपछि जेगरेपनि गनायो।यो ब्यबहारले देशको भलो होला?अहिले एम सीसी पारित गराउँन देउवा कस्सेकाछन।देउबा ओलि र प्रचण्डले एमसीसी सँग सम्झौता गरेको धेरै भैसकेकोछ।यँहा लडाई केछ भने एमसीसी पारित गराएको जस कस्ले लिने यो होडछ।एम सीसी लाई यि नेताहरुले पारित गराउँने सुपिरि लिई सकेकाछन।हामिले त पहिले देखि त्यसको बिरोध र भण्डाफोर्ड गर्दै आएकाछौं।अहिले पनि लगातार त्यसको बिरुद्धमा जनचेतना मुलक कार्यक्रम हरुको आयोजना गरिंदैछ।तर साथिहरुले के कुरा बिर्शिनु हुन्छ भने बिरोध गर्नेले बिक्लपमा कार्यक्रम ल्याउँनुपर्छ।उँहाहरुले भन्नुहुन्छ ओलि प्रतिगामि थिए तर शेरबहादुर त सत्ता राजालाई सौंपेको मान्छेहुन उन्लाई भन्दा कुनै अरुलाई समर्थन दिनुपर्ने।साथिहरुलाई यसबारे पनि क्लियर हुनुपर्छ हामिले सबैभन्दा पहिले ओलिलाई पाखा लगाएर बामपन्थिको सरकार बनाउँ त्यसको लागि तैयार कोईपनि भैन।ओलिले सबै सिमा नाग्दै जाने बिक्लपमा बामपन्थिको एकमना एकता नहुने त्यो अबस्थामा ओलिलाई हटाउँन शेरबहादुरलाई समर्थन दिनै पर्थ्यो र राजमोले त्यहि गय्रो।आई परेको परिस्थितिको ठोंश बिष्लेशण गरेर उठाएको कदमलाई साथिहरुले सहर्श स्विकार गरेर समर्थन दिनुको साटो यसो किन गय्रो उसो किन गय्रो भन्दै उपहाश गर्ने पनि हामि रजमोका हौं भन्न थाकिन्नु हुँदैन।आकाश तिर फर्केर थुक्यौं भने त्यो थुक आफ्नै मुखमा पर्छ भन्ने बिचारलाई बुझ्नुपर्छ कि पर्दैन?त्यसबारेमा पनि साथिहरुले सुझ-बुझले काम गर्नु पर्छ।थुतुनो छ भनेर जेपायो त्यहि बोल्न हुँदैन बरु सम्लेर बोलौं।हामि सबैको एउटै समस्याहो त्यसको समाधान खौजौं एकले आर्कालाई साथ दिन मैत्रिपुर्ण आलोचना सुझाबहरु ओर्ल्याउँ।
नेकपा मसाल राष्ट्रीय जनमोर्चाले आफ्नो गठनकाल देखि लगातार सहिनीति लिंदै आएकोछ भनेर बुझ्नुपर्छ।अहिले पनि नीति सहिनैछ फरक हाम्रो दृष्टीकोणको हो बुझाईकोहो।पार्टी आफुलाई राम्रो नलागेपछि पार्टीलाई जेपायो त्यहि ढुङ्गामुडा गरेर गालिगलौच गरेर आफु माथिमाथिको ओबानो हुन सकिदैन।तसर्थ साथिहरु देशमा जटिल अबस्था सिर्जना भएकोछ यो परिस्थितिलाई चिरेर देशलाई अग्रगमनतिर कसरी लाने कसरी बिदेशी साम्राज्यवादले ल्याएको एमसीसीलाई पाखालगाउँने यो बिषयबस्तुमा आफ्नो तागत झोंकौँ।मात्र एउटा कुनै पार्टीलाई गालिगरेर त्यो खतरा टल्दैन।हामिसबैको एउटै देशहो एउटै आमाका शन्तानहौं।एउटालाई पोले आर्कालाई दुःखछ त्यसकारण अब मैत्रिपुर्ण तवरबाट देशलाई जोगाउँन गणतन्त्रलाई जोगाउँन र सम्बिधानलाई संस्थागत गर्न अगाडि बढौँ संघियता एमसीसी र बिप्पा जस्ता गलत असमान सम्झौताहरु लाई रद्धिको टोकरीमा फाल्न हामि सबैको एकता चाहिन्छ।
बिगतमा कसैले के गलति गय्रो त्यो अलग पक्षहो अब एउटै शन्तानहरु एकढिक्का भएर मात्र दुश्मनलाई परास्त गर्न सक्किन्छ।बिरोधको लागि बिरोध होईन गलतिको बिरोध गर्न सिकौं।

चर्चामा

सम्बन्धित समाचार