आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • सोमवारको अभिरल बर्षाका कारण त्रिवेणीमा घर भत्कियो

सोमवारको अभिरल बर्षाका कारण त्रिवेणीमा घर भत्कियो

  • मङ्लबार, साउन १९, २०७८
सोमवारको अभिरल बर्षाका कारण त्रिवेणीमा घर भत्कियो

चक्र बहादुर अएडी — बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ ताम्सुमा घर भत्किएको छ । सोमबार राति आएको अभिरल बर्षाका कारण सोहि गाउँकी लालि देवि थापाको घर भत्किएको आफन्त मन्धिरे थापाले बताए । थापाको सोमबार राति १० बजेतिर भत्किएको र घर भत्किदा कुनै मानविय क्षेती भने नभएको स्थानिय थापाले जानकारि दिए । घर भत्किदा मानविय क्षेती नभएपनि घर भित्रमा रहेका सम्पुर्ण सामन अन्न, लत्ता कपडा , भाँडाकुडा लगाएतमा पुर्णरुपमा क्षेती भएको छ । आफु अर्काको घरमा बस्न गएको बेला घर भत्किएको घर मुलि लालि देवि थापाले बताईन् । उनका श्रीमान कामको सिलसिलामा विगत १०÷११ बर्ष देखि बैदेशिक रोजगारीको शिलशिलामा भारतमा गएका र अहिले उनलाई खान बस्नको लागि समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार