सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • स्वास्थ्य राज्यमन्त्री भन्छन् : पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छ

स्वास्थ्य राज्यमन्त्री भन्छन् : पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छ

  • सोमवार, साउन १८, २०७८
स्वास्थ्य राज्यमन्त्री भन्छन् : पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छ

काठमाडौं  — स्वास्थ्य तथा जनसंख्यामन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् ।

आफ्नो १०० दिने कार्ययोजxना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् । उनकाअनुसार चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनले जानकारी दिए ।

चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

आफू मन्त्रालयमा आएपछि मोडेर्नाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको उनले बताए । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

१२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको भन्दै उनले भने, ‘उत्पादन कम्पनीसँग खरिद प्रक्रिया थालेका छौं । आगामी पुस माघसम्म २ करोड २३ लाख खोप उपलब्ध हुन्छ ।’

हालसम्म ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार