शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ्गकी हेवनले दिलाईन् नेपाललाई प्रथम अन्तर्राष्ट्रिय उपाधि

बझाङ्गकी हेवनले दिलाईन् नेपाललाई प्रथम अन्तर्राष्ट्रिय उपाधि

  • बिहिबार, साउन १४, २०७८
बझाङ्गकी हेवनले दिलाईन् नेपाललाई प्रथम अन्तर्राष्ट्रिय उपाधि

अर्थ जङ्ग शाही/बझाङ्ग — बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्न आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएकी हेवन उपाध्याय प्रथम भएकी छिन् ।

भारतको जम्सेदपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको खामोसी उईथ लाईफ (मौनता सहितको जीवन) कार्यक्रममा विभिन्न देशका सहभागी बहिरा व्यक्ति मध्येमा हेवन प्रथम भएकी हुन् ।

नेपालको तर्फबाट सहभागी भएकी हेवन प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरमै प्रथम भएर हेवन उपाध्यायले १० हजार पुरस्कार राशी पनि प्राप्त गरेकी छिन् ।

सन् २०२१ को कृयाकलाप अन्तर्गत कोभिड-१९ को कारण लकडाउन भएका बेला बहिरा व्यक्तिहरुले आ-आफ्नो समुदायमा समाज र वातावरणका लागि के गर्न सक्दछन् भनी उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनुपर्ने थियो ।

जसमा जेष्ठ नागरिकहरु, बालबालिकाहरु तथा अन्य अपांगता भएका व्यक्तिहरु साथ, सहयोग र समर्थनका लागि बहिरा व्यक्तिहरुले गरेको भिडियो बनाउनु पर्ने भनिएको थियो । त्यसै अनुरुप सहभागी हेवनले सोही कृयाकलाप अन्तर्गत रहेर एउटा लेख र २ मिनेटको जनचेतनामूलक भिडियो बनाएकी थिईन् ।

वातावरणको सरसफाई, खानेपानीको बचत तथा सरसफाई, जथाभावी फोहोर मैला नगर्ने जस्ता सकारात्मक सन्देश दिने जस्ता क्रियाकलापले बहिरा व्यक्तिहरुमा जनचेतना फैलाउन धेरै मद्दत गर्ने र उनीहरुलाई एक्लोपनका साथै अभिभावक नभएको महशुस नबनाउन यस कार्यक्रमको मुख्य उद्देश्य रहेको देखिन्छ ।

बहिरा तथा अनाथ बालबालिकाका लागि सन् २०१८ देखि प्रत्येक वर्ष यस संस्थाले पुरस्कार सहितको कार्यक्रम आयोजना गर्दै आएको छ ।

को हुन् हेवन ?
हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएका रमेश प्रकाश उपाध्याय र शान्ति अवस्थीकी जेष्ठ सुपुत्री हुन् ।

कैलालीको धनगढीमा जन्मेकी उनीमा जन्मजातदेखि नै बोल्न र सुन्न नसक्ने क्षमताको कमी थियो ।
उनीमा त्यस्तो समस्या देखिएपछि उनका बुवा र आमाले छोरा गनिने छोरी नगनिने समुदायको एउटा कुप्रथालाई तोड्नकै लागि पनि अर्को सन्तानको तयारी गरेनन् ।

५ वर्षको उमेरपछि हेवन काठमाडौंको नक्साल स्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत् छिन् ।

उमेरले २० पुगेकी हेवनमा शैक्षिक ज्ञान मात्रै नभई उनी बहुप्रतिभाले भरिपूर्ण छिन् ।

चर्चामा

सम्बन्धित समाचार