शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • झुक्याएर नागरिकता लिने ‘बाबु–छोरी’ पक्राउ

झुक्याएर नागरिकता लिने ‘बाबु–छोरी’ पक्राउ

  • बिहिबार, साउन १४, २०७८
झुक्याएर नागरिकता लिने ‘बाबु–छोरी’ पक्राउ

स्थानीय प्रशासनलाई झुक्याएर नागरिकता लिने ‘बावु–छोरी’लाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भएका धुरुपप्रसाद पटेल र भारत घर भएकी २८ वर्षीया युवती कविताकुमारी पटेल उर्फ सीता छिन् । ५१ वर्षीय धुरुपप्रसादले बावु बनेर कविता आफ्नो ‘छोरी हुन्’ भन्दै जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेर नागरिकता दिलाएका थिए ।

कविताको साथमा फेला परेको नागरिकता २०७० पुस ११ मा जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको थियो । नागरिकता नम्बर–१०३५२ उल्लेखित सो नागरिकता झुटो विवरण पेश गरे लिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए ।

बुधवार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेर उनीहरुमाथि ७ दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । किर्ते गरेर नागरिकता लिनेलाई नागरिकता सम्बन्धी कसुरमा कारवाही हुने कानुनी ब्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार