बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • असमान सन्धिहरु फाल्न तैयार भए हुन्छ।

असमान सन्धिहरु फाल्न तैयार भए हुन्छ।

  • बुधबार, साउन १३, २०७८
असमान सन्धिहरु फाल्न तैयार भए हुन्छ।

असमान सन्धिहरु फाल्न तैयार भए हुन्छ।
संघियतालाई खारेज गर्न ईकरार भए हुन्छ।

देश जनताकै पनिहो नेता जी राम्ररी बुझ्दा,
नागरिक सँग सधै राम्रो ब्यबहार भए हुन्छ।

हाम्रो देश सधैभरी अखण्ड रहीरहोश भनी,
देश नै बलियो बनाउँने कर्णधार भए हुन्छ।

जनताले त सदै आंखाकै नानि बनाउँनेछन,
हाम्रो देश को बफादार चौकिदार भए हुन्छ।

शान्ति र सु ब्यबस्था चाहिन्छ देशभक्तलाइ,
तराई पहाड र हिमाल को सुशार भए हुन्छ।

बिदेशी लाई पनि चेतवानी दिनुपर्छ अब ता,
समानताकै आधारमा सदै ब्यपार भए हुन्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार