शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बडिमालिका मिडिया हाउसद्धारा क्रान्ति रोकायाको उपचारमा सहयोग

बडिमालिका मिडिया हाउसद्धारा क्रान्ति रोकायाको उपचारमा सहयोग

  • मङ्लबार, साउन १२, २०७८
बडिमालिका मिडिया हाउसद्धारा क्रान्ति रोकायाको उपचारमा सहयोग

बाजुरा — बाजुराको गौमुल गाउँपालिका ५ मनाकोट बस्ने १५ बर्षिय क्रान्ति रोकाया उपचारका लागि बडिमालिका मिडिया हाउसले सहयोग गरेको छ । क्रान्ती रोकाया उपचार अभाबमा जिवनमरणको दोसाधमा रहेको समाचार बडिमालिका खवरमा आएको समाचार पश्चात बिभिन्न ठाउँबाट भएको सहयोग सोमबार हस्तान्तरण गरिएको छ । आर्थिक अबस्था कमजोर रहेकि क्रान्तिका परिवारले जिल्ला अस्पताल बाजुरा हुदै अछामको बयलपाट अस्पताल उपचारमा लगेपनि उनलाई सञ्चो नभएपछि घर फिर्ता ल्याएका थिए ।
अस्पतालले उपचारका लागि अन्यत्र लग्नुपर्ने तथा दुुई महिना सम्म अस्पतालमा राख्नुपर्ने वताएपनि परिवारले पैसा अभाबमा घर फिर्ता ल्याएका थिए । क्रान्ति ज्वरो र खोकिले निकै थला परेको मनाकोट स्वास्थ्य चौकिमा कार्यरत अनमि लक्ष्मि बोहोराले वताएकि छन् । उनलाई उपचारका लागि सगरमाथ आरोही ज्याङ्गस सेर्पाले ५ हजार, बडिमालिका ७ का समाजसेवी बल बहादुर रोकायाले ५ हजार र खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेड डिपाे कार्यालय काेल्टीका प्रमुख नवीन प्रसाद आर्चायबाट प्राप्त भएको ५ गरी १५ हजार रुपैया बडिमालिका मिडिया हाउसका प्रकाशक/सम्पादक प्रकाश सिहंले हस्तान्तरण गरेका छन ।
क्रान्तिका बुवाको २०६३ सालमा उनि क्रान्ति आमाको गर्भमै हुदा मृत्यु भएको थियो । उनका बुवा बिशे रोकाया पनि उपचार अभाबमा अकालमै मृत्यु भएको पारीवारीक श्रोतले जाएको छ । क्रान्ति अहिले आमा केसु रोकाया सँग जिवनमरणको दोसाधमा रहेकि छन् । छोरीलाइ बचाउनका लागि हरप्रयास गरिरहेकी छु, अछामको बयलपाटा अस्पताल सम्म लिए अन्यत्र लिने पैसा छैन्, उपचार नपाएर छोरी मर्ने भइ रुदै केसुले बडिमालिका खवरसंग बताएकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार