शनिबार, अशोज २, २०७८
  • होमपेज
  • कला /साहित्य
  • देशभित्र फेरी ठुलो दुरगति हुनथाल्यो,

देशभित्र फेरी ठुलो दुरगति हुनथाल्यो,

  • सोमवार, साउन ११, २०७८
देशभित्र फेरी ठुलो दुरगति हुनथाल्यो,

देशभित्र फेरी ठुलो दुरगति हुनथाल्यो,
एम सी सीमा फेरी सहमति हुनथाल्यो।

साम्राज्यवादको दवाब मा हिंजो आज,
झनै भयानक देशको खति हुनथाल्यो।

देश आत्मनिर्भर हुन नसके पछि यहाँ,
दुनिया भरीमा उस्तै वैजती हुनथाल्यो।

बिदेशी चलखेलनी बढि रहेकोछ फेरी,
नवलैण्डुपकै फेरी उत्तपति हुनथाल्यो।

निकासनै पाएन बिकाशको त कुरै छैन,
भ्रष्टचारको देश भरी उनन्ति हुनथाल्यो।

सेते जस्ता परदेशीहरु नियाल्दै छन देश,
भन्छ झुठ बिकाश यति उति हुनथाल्यो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार