बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बझाङको झनाना मोटरेवल पुलको औपचारिक उद्घाटन

बझाङको झनाना मोटरेवल पुलको औपचारिक उद्घाटन

  • सोमवार, साउन ११, २०७८
बझाङको झनाना मोटरेवल पुलको औपचारिक उद्घाटन

शिवजी मण्डेल / बझाङ — बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने सेती नदि झनाना मोटरेवलपुलको औपचारिक उद्घाटन गरिएको छ । थलारा गाउँपालिकाको आयोजनामा पुलको औपचारिक उद्घाटन गरिएको हो ।
निर्माण समितिले पुल निर्माणको काम केही दिनअघि सम्पन्न गरिसकेको थियोे । उद्घाटनको जिम्मा गाउँपालिकाको भएकाले साउन ११ गते सोमबार संबिधान सभा सदस्य लालबहादुर रावलको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रमका वीच उक्त पुलको उद्घाटन गरिएको हो ।
संबिधान सभा सदस्य एलबि रावलले रिबन काटेर उक्त पुलको उद्घाटन गर्नुभएको हो ।

झनाना सेती नदि मोटरलेवल पुल निर्माणको जिम्मा शर्मा बिकोई जेभि कम्पनीले पाएको थियोे ।
उक्त मोटरलेवल पुलको लम्बाइ १ सय मिटर रहेको छ ।
शर्मा बिकोई जेभिका आधिकारिक नवराज थापाका अनुसार २ बर्खा सिजन असार साउन र भदौ बाहेकका महिना जोडी २ वर्षमा पुल निर्माणको कार्य सम्पन्न गरिसक्ने सम्झौता भएपनि स्थानीय चुनाव राष्ट्रिय चुनाव र पछिल्लो चरणमा कोरोना संक्रमणका कारण कामदार र निर्माण सामाग्री अभावका कारण समयमा पुल निर्माणमा ढिलाइ भएको हो ।
करिब ९ करोडको लागतमा निर्माण भइरहेको उक्त मोटरेवल पुलको निर्माण कार्य २०७४ माघबाट सुरु भएको थियो । सम्झौता अवधिमा पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा एकपटक म्याद थप गरिएको थियो ।
सेती नदि वारी पारीको बझाङको भूभाग जोड्ने बझाङमा झनाना सिमार पानकोट तमैलमा मोटरेवल पुल निर्माण भइरहेका छन् । ती मध्य पानकोट पुलको निर्माण कार्य सम्पन्न भइरहेको छ , भने अन्य पुलको निर्माण कार्य भइरहेको छ ।
ती पुल सञ्चालनमा आएपछि सेती नदि वारपार गर्न सहज हुने र विकासमा गति पैदा गर्ने अपेक्षा राखिएको छ ।

झनाना सेती नदि मोटरलेवल पुल निर्माण कार्य सम्पन्न भइ गाडी गुड्न थालेपछि स्थानीय बासिन्दा हर्षित भएका सुर्य प्रकाश उपाध्यायले बताए , अब सहज रुपमा हाम्रो थलारामा गाडि गुड्ने भयो हाम्रो वर्षौँको सपना पूरा भयो यस पुल निर्माणको लागि पहल चाल्ने सहयोग गर्ने निर्माण कम्पनीलाई हार्दिक धन्यवाद समेत दिएका स्थानीयले बताएको उपाध्यायले बताउनुभयो । हाम्रो थलारा राम्रो थलारा बनाउन अझै यस्ता विकास निर्माणका कार्य गर्नुपर्ने पनि स्थानीयको भनाइ रहेको पनि उनलेे बताए ।
सेती नदि झनाना मोटरलेवल पुल बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थलको रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज पुग्न अन्य ठाउँभन्दा छोटो र सहज मार्गको रुपमा स्थापित गर्न सकिने प्रवल सम्भावना रहेको थलारा गाउँपालिका नायब सुब्बा नरेश ओलीले बताउनु भएको छ।
त्यस्तै थलारा गाउँपालिका कम्प्युटर अपरेटर हेमन्त चन्दले भने मुख्य राजमार्ग सँग नजोडिएको कारण थलारा बासिहरूले खाद्यान्न लगायतका अन्य सामान ढुवानिको चर्को भाँडादर तिर्नुपर्ने तथा चर्को मुल्यमा खरिद गर्नुपर्ने जस्ता समस्याको समाधान हुने देखिएको बताए ।
शिवजी मण्डेल
शिवजी

चर्चामा

सम्बन्धित समाचार