बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिचार फाल्न सकेनौ ( गजल)

बिचार फाल्न सकेनौ ( गजल)

  • बिहिबार, साउन ७, २०७८
बिचार फाल्न सकेनौ ( गजल)

राणा फाल्यौ राजा फाल्यौ तर बिचार फाल्न सकेनौ,
सामन्तवादी ब्यबस्थामा जाने आधार फाल्न सकेनौ।

जति सुकै क्रान्तिकारी कम्युनिष्ट भने पनि आफु लाई,
साच्चैभन्दा भन्छु म रुढिवादी ब्यबहार फाल्न सकेनौ।

सर्वहारा सुकुमबासिको हितमा बर्गशंर्घष गर्छौ भन्नेले,
सुख सुबिधा लोभ लालच जस्तो झार फाल्न सकेनौँ।

धेरै ठुला ठुला कुरा नगरौँ अब ब्यबहारिक कुरा गरौँ,
ब्यबहार हेर्दा जनता नै भयो दिकदार फाल्न सकेनौ।

सबैलाई आ-आफ्नो पार्टीको रन्कोछ देशभित्र आज,
आफै भित्र रहेको कार्वन समेत बेकार फाल्न सकेनौ।

कम्युनिष्ट नामले मात्र भयो देश भरि भएनन् काम ले,
धन सम्पत्ति सँग मात्र भयो घनिष्ट प्यार फाल्न सकेनौ

चर्चामा

सम्बन्धित समाचार