शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिस्वासको मत संसदमा पाए जनतामा पाउँन बाकिनैछ।

बिस्वासको मत संसदमा पाए जनतामा पाउँन बाकिनैछ।

  • बुधबार, साउन ६, २०७८
बिस्वासको मत संसदमा पाए जनतामा पाउँन बाकिनैछ।

सुरेशकुमार पान्डे — हिँजोको दिनमा शेरवहादुर देउवाले बिस्वासको मत पाएकाछन।अब उनि देशको सम्मानिय प्रधान मन्त्री भएकाछन।संसदिय ब्यबस्थामा प्रधान मन्त्रीको सफत लिएपछि त्यो कुनैपार्टीको भन्दा पनि राष्ट्रको प्रधान मन्त्री हुन्छ र हुनुपर्छ।
अहिले कुल संसदको २७१मतबाट सम्मानिय प्रधानमन्त्रीलाई १६५जनाको समर्थनछ।संसदमा उन्को बिपक्षमा कुल८३मत पय्रो।एकजना तठस्थ रहे भने२२जनाको गैरहाजिरी रह्यो।वास्तबिक भन्नुपर्दा सांसदहरुको संसद बाट गैर हाजिर हुँनु भनेको जनता संग देश सँग गरिएको लाप्रवाहिनै मान्नुपर्छ।उनिहरुले जनता सँग लिएको मत र देशको आर्थिकको अबहेलना गरेको मानिन्छ।तर जानबुझेर गरेको खण्डमा कयौँ असक्त पनि हुँनसक्छन त्यो छुट्टै बिषयहो।अहिलेको के संसद सदैभरिको संम्बेदनसिल स्थानहो जँहा बाट ध्यायन हटाउँनु भनेको देश सँग गरेको खेलवाडनै हुन्छ।
अहिले संसदको पुर्नस्थापना पछि बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवालाई कांग्रेसका६१जना,माओवादीका४९जना,जसपाका३२जना, राष्ट्रीय जनमोर्चाको तर्फबाट १जना र नेपाल मज्दुर किसान पार्टी बाट१जनाले पक्षमा मतदिएकाछन भने स्वायम ओलि पक्षका४जना सांसदले समेत बिस्वासको मत पाएकाछन।तर राप्रपा तटस्थ बस्यो।सर्वोच्चको असार२८गतेको फैसला पछि प्रतिनिधि सभाको पुःर्नस्थापना भएको थियो।
अदालतकै परमादेश बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवा२९असारमा प्रधान मन्त्री नियुक्त भएका थिए।उन्ले सम्बैधानिक प्रावधान अनुसार आईतवार प्रतिनिधिसभाको बैठकमा बिस्वासको मत लिएकाहुन।यसैको साथ देउवाले प्रतिनिधि सभाको बचेको कार्याकाल करिव डेढ बर्ष सम्म सरकारको नेतृत्व गर्नेछन।यस अघि पनि२०७४मा पनि देउवाको नेतृत्वको सरकारलेनै आम निर्वाचन गराएको थियो।अहिले देशमा डेढ बर्ष सम्म देउपाको सरकार रहने पराय निश्चितछ।
तर देशमा जुन प्रकारको उन्को आगमनसँगै बसको भाडामा२८फिसदको बढोतरी अप्राधमा सलंग्न भयका कयौँको रिहाई आदिले देउपाको पुरोनै छवीलाई उजगार गर्छ।अहिले पनि एउटा जिम्मेवार पदमा बसेर पनि पहिलेकै जस्तो गरियो भने त्यो एउटा दुर्भाग्यनै हुनेछ भनेर हामिले बुझ्नुपर्छ।
ओलिको राजनीतिक गतिबिधिलाई नियाल्दा उन्को भबिस्य राम्रो देखिदैन।उन्ले गरेको भयानक ठुलो गलति पुषकोपाँच गते देशको दुईतिहाई मत बाट बनेको सरकारलाई बिघटन गरेर आफुले एक्लैले दुई तिहाई पाउँने आसमा ओलिको पतन भएको हो भनेर बुझ्नुपर्छ।ओलि ले लगातार असम्बैधानिक अप्रजातान्त्रिक,र तानाशाहि प्रकारले जुनप्रकारको निरंकूशता अप्नाउँन थालेका थिए त्यस्लाई ध्यायनमा राख्दै भोलिका दिनहरुमा जनताको मतका लागि उनिहरु सँग बिस्वास जगाउँनु पर्दछ।देशका जनता भन्दा ठूला कोई पनि हुँदैनन् बसर्ते कि उनिहरु सँग देशको एकता र अखण्डताको रक्षा गर्न सक्ने क्षमता हौश।अहिले निबर्तमान प्रधान मन्त्री ओलीले आफुले गरेको गलतिको शमिक्षा गर्नु पर्थ्यो।उन्ले आफुलाई सहयोग नगरेकोमा सहपाठिहरुलाई गालि गर्नुको सट्टा आत्मशमिक्षा गरेर आफुले रेल ल्याउँन नसकेको,चुच्चे नाक्सालाई पाठ्यपुस्तक बाट हटाउँन लगाएको पानी जहाजको अश्लि कथा के थियो ति सबैको बारेमा जनता सँग गरेको झुठ बाच्चाको आत्मलोचना गरेर जानु पर्दथ्यो।देशभित्र आएको प्रधान मन्त्री अब उन्को पनि प्रधान मन्त्रीनैहो।अरुलाई गालि गलौच गरेर आफुले गर्दै आएको गलतिहरुमा पर्दा हाल्दा त्यो झुट लुक्दैन भन्नेकुरा निबर्तमान प्रधान मन्त्रीले अँझै पनि बुझ्न बाँकिछ।समय र परिस्थिति बाट शिक्षालिनु सबैको लागि ठिक हुनेछ।
अहिले शेरबहादुर देउवा जी देशको सम्मानिय प्रधान मन्त्री हुँनुभयकोछ।उँहालाई देशका जनताले पाँचौ पल्ट स्वागत गर्दैछन।उँहाले संसदबाट बिस्वासको मत पनि प्राप्त गर्नु भयो। तर पनि जनताबाट अंझै पनि बिस्वासको मत प्राप्त गर्न बाँकिनैछ।उँहाको चारपटक सम्मको कार्याकालमा देश र जनताको हितमा गर्न नसकेका काम गरेर जनताको हृदयमा बस्न सफल हुँनुभयो भने बल्ल उँहाको पाँचौ पल्टको प्रधान मन्त्रीको सम्मानमा सार्थकता आउँनेछ।देशका जनता सर्वेसर्वा हुन्छन र देश सबैभन्दा माथिहुन्छ भन्नेकुरालाई उँहाले बुझ्नुभएकैछ।
अहिले बिगतका आफ्नो कार्याकालको दौरानको समिक्षा गरेर नयाँ र बिशिष्ठ प्रकारको कार्या प्रणालि बाट जनताको बिस्वासलाई जीत्न सफल हुनुहुनेछ भन्ने आशा गर्दै उँहालाई प्रधान मन्त्रीको ठुलो बहुमत हाशिल भयकोमा हार्दिक बधाई र शुभ कामना गर्दछौँ।

चर्चामा

सम्बन्धित समाचार