शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बलात्कार आरोपमा दुईजना पक्राउ

बलात्कार आरोपमा दुईजना पक्राउ

  • बुधबार, साउन ६, २०७८
बलात्कार आरोपमा दुईजना पक्राउ

सिन्धुलीमा सुस्त तथा अपांङ्ग बालिकालाई जवरजस्ती करणी गर्ने वृद्धसहित दुईजना पक्राउ परेका छन्। बालिकामाथि करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिका २ सिन्धुली बस्ने ७० वर्षीय वृद्धलाई आइतबार घरबाटै पक्राउ गरेको हो ।

उनले स्थानीय १४ वर्षीया सुस्त मनस्थित भएकी बालिकालाई जबरजस्ती करण गरेको आरोप छ । गत शनिबार बालिकामाथि करणी गरेको अभियोग लागेपछि ती वृद्धलाई घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता (डिएसपी) मनोज कुमार लामाले जानकारी दिए । उनलाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरि अनुशन्धान थालिएको छ ।

यस्तै गत शनिबार १६ वर्षीया अर्की बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै प्रहरीले मरिण गाउँपालिका ७ का ३२ वर्षीय पुष्कर भन्ने दिपेन्द्र विकलाई समेत नियन्त्रणमा लिएको छ । उनलाई शनिबार नै नियन्त्रणमा लिएर जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराई आवश्यक अनुशन्धान सुरु गरिएको छ लामाले बताए।

यसैबीच सिन्धुलीमा पछिल्लो समय बालत्कार तथा बलत्कार जन्य घटना बढिरहेका छन् ।सिन्धुली अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रले गत बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत एक वर्षमा जिल्लामा ३ सय ८८ जना हिंसा प्रभावित महिला तथा बालिका मध्ये ४२ वटा बलत्कार र १६ वटा बलत्कार जन्य घटना दर्ता भएको बताइएको छ ।

यसले समेत जिल्लामा बलात्कारजन्य घटनाहरु बढ्दै गएको पुष्टि भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन एवम एकद्धार संकट व्यवस्थापन केन्द्रको लैंगिक हिंसा व्यवस्थापन समितिका सदस्य सचिव डा. उमेश प्रधानले बताए ।

चर्चामा

सम्बन्धित समाचार