बुधबार, असार १०, २०८३
  • होमपेज
  • समाचार
  • घाँस काट्दै गर्दा भिरबाट लडेर मृत्यु

घाँस काट्दै गर्दा भिरबाट लडेर मृत्यु

  • मङ्लबार, साउन ५, २०७८
सेयर गर्नुहोस् :
घाँस काट्दै गर्दा भिरबाट लडेर मृत्यु

बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए।

स्थानीयबासीले खबर गरेपछि बिहुँ-धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार