शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आज कम्युनिष्टहरुमै पनि गुट हुन थाल्यो,

आज कम्युनिष्टहरुमै पनि गुट हुन थाल्यो,

  • मङ्लबार, साउन ५, २०७८
आज कम्युनिष्टहरुमै पनि गुट हुन थाल्यो,

आज कम्युनिष्टहरुमै पनि गुट हुन थाल्यो,
भन्छन अवसरबादी एक जुट हुन थाल्यो।

सर्वहारा आन्दोलनको बहानामा लुटे बैंक,
त्यसैले त सम्पत्ति पनि अकुत हुन थाल्यो।

रातो झण्डा भित्र पुँजीवाद को खेल हुँन्छ,
आर्काको पसिना मा पनि लुट हुन थाल्यो।

सबैले भन्छन समाजवाद साम्मेवाद पुग्छौँ,
एकै ठाउ पुग्ने बेग्ला बेग्लै रुट हुन थाल्यो।

आफुलाई कम्युनिष्ट त भन्छन किन होला,
आज अनुसाशनमा समेत छुट हुँन थाल्यो।

मालेमाको परिभाषानै बदल्न थाले यिनैले,
त्यसैले पनि त पाईलैपछि फुट हुन थाल्यो।
सुरेशकुमार पान्डे!

चर्चामा

सम्बन्धित समाचार