बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • बिश्वासको मतले बिभाजित बन्यो माधव समुह, कुन नेता कता ? (सूचीसहित)

बिश्वासको मतले बिभाजित बन्यो माधव समुह, कुन नेता कता ? (सूचीसहित)

  • आइतवार, साउन ३, २०७८
बिश्वासको मतले बिभाजित बन्यो माधव समुह, कुन नेता कता ? (सूचीसहित)

काठमाडौं, — प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बिषयलाई लिएर नेकपा एमालेको माधव नेपाल समूहमा बिभाजन आएको छ । देउवा गठबन्धनको नायक आफै रहेको र सर्वाेच्च अदालतले आफ्नै कारण प्रतिनिधिसभा पुनःस्थापना गरिदिएर निर्दलीयताको अभ्इाश गर्न दिएको भन्दै बरिष्ठ नेता माधव नेपाल देउवाको पक्षमा खुलेपछि सो समुहका प्रभावशाली नेताहरु बिपक्षमा उभिएका हुन ।

सोही कारण नेपाल समुहले बिश्वासको मत दिने कि नदिने भन्ने बिषयमा कुनै निर्णय नगरी सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निश्कर्ष निकालेको छ । माधव समूहमै दुइथरी मत आएपछि बरिष्ठ नेता नेपालसहितका सांसदहरुले देउवालाई मत दिई एमाले छाडने निर्णय गर्नुभएको छ । माधव समुहका एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार एमाले बिवाद समाधान कार्यदलमा रहनुभएका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको छ ।

उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्ट तथा कार्यदल बाहिर रहनुभएका सचिव भीम आचार्यले बिश्वासको मत दिन नसकिने अडान राख्नु भएको ती नेताले जनताटाइम्सलाई जानकारीदिनुभयो । उहाँहरुले १० बुँदे सहमति बमोजिम पार्टीको संस्थागत निर्णयको पक्षमा आफूहरु रहेको अडान राख्नुभएको छ ।

आफ्नै समुहमा बिभाजन आएपछि बरिष्ठ नेता नेपालले आज कार्यदलमा रहेका र नरहेका स्थायी कमिटी सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो । सो क्रममा कार्यदलमा रहेका रघुजी पन्तले मात्रै देउवालाई बिश्वासको मत दिनुपर्ने धारणा राख्नुभएको छ । भीम आचार्य, गोकर्ण अन्य नेताले एमाले मिल्न लाग्यो भनेर हतार–हतार देउवाले विश्वासको मत लिन खोजेको र देउवा–प्रचण्डको एमाले फुटाउने प्रष्ट नियत देखिएको निश्कर्षसमेत सुनाउनु भएको छ ।

माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहनुभएका आफ्नै समुहका प्रभावशाली नेता बिपक्षमा खडा भए पनि बरिष्ठ नेता माधव नेपालसहित एक दर्जन सांसद भने देउवा जोगाएर एमाले छाडने निर्णयमा पुग्नुभएको छ । सांसदहरू रामकुमारी झाँक्री, मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, कल्याणी खड्कालगायतले विश्वासको मत दिने घोषणा गर्नुभएको हो । यस्तै बरिष्ठ नेता झलनाथ खनाल पनि देउवा बचाएर एमाले छाडने निर्णयमा पुग्नुभएको छ । दिल्लीमा उपचाररत खनाल आफू मतदान गर्न नपाए पनि अस्पतालको बेडबाटै देउवा जोगाएर कम्युनिष्ट आन्दोलन बलियो बनाउने भन्दै मतदानका लागि अपिल गर्नुभएको हो ।

एमालेले स्थायी कमिटी बैठकबाटै देउवालाई विश्वासको मत दिनेहरू आजैबाट एमाले नरहने निर्णय गरिसकेको छ । बैठकले शेरबहादुर देउवा वा एमालेमध्ये एक रोज्न सवै सांसदलाई बिकल्प दिएको हो । ‘पार्टीले शेरबहादुर देउवालाई बिश्वासको मत नदिने निर्णय गरेको छ । साथसाथै देउवालाई भोट हाल्ने सांसदहरु एमालेमा रहदैनन भन्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि माधव समुहलाई पार्टीको स्पष्ट बिकल्प सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो ।

सर्वाेच्च अदालतको परमादेश धाराबाट प्रधानमन्त्री नियुक्त हुनुभएकोले एमालेले उहाँलाई बिश्वासको मत दिनै नसकिने निर्णय पनि गरेको हो । स्थायी कमिटीको निर्णयअनुसार आज बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिने सांसदहरु सोही क्षणबाट एमाले भन्ने अधिकार गुमाउने छन । उनीहरु पाटीृका लागि गद्धार घोषित हुँदै एमालेबाट सदाका लागि बिदा हुनेछन ।

चर्चामा

सम्बन्धित समाचार