मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सदैभरी बिदेशी को कामदार भएर कति पुग्ला,

सदैभरी बिदेशी को कामदार भएर कति पुग्ला,

  • शनिबार, साउन २, २०७८
सदैभरी बिदेशी को कामदार भएर कति पुग्ला,

सदैभरी बिदेशी को कामदार भएर कति पुग्ला,
गरिबहरु धनमानको औजार भएर कति पुग्ला।

पुर्खाको निशानी यो बारिमा त उम्रिएकोछ दुबो,
सदैभरीनै शोशकको हथियार भएर कति पुग्ला।

आफ्नो घरमा आगो लगाएर खरानिको ब्यापार,
त्यो झुठ्ठो शान अर्कामा निर्भर भएर कति पुग्ला।

फर्किन नपरोस लाहुरे भई फेरी परदेश मा हामी,
यो घरको मूलिनै सिमाना पार भएर कति पुग्ला।

हो चाहिएकैछ देशमा नयाजनवादी क्रान्ति आज,
तर दुई चार जनामा त्यो बिचार भएर कति पुग्ला।

यस्तो काम कहिले नगर्नु मानिश भएर अब पनि,
कमाई बिना खर्चिलो ब्यबहार भएर कति पुग्ला।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार