शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आखिर केको लागि उत्सव?

आखिर केको लागि उत्सव?

  • बिहिबार, असार ३१, २०७८
आखिर केको लागि उत्सव?

सुरेशकुमार पान्डे — आज ठाउँ-ठाउमा उत्सव मनाएका समाचारहरु आएकाछन।आखिर केका लागि हो यो उत्सव?देशभरी बाडि पहिरोले जनाता अक्रान्तछन।कोविडले देश बिदेशमा रुवाबाशीछ,परदेशमा लाखौँ श्रमजीवीहरुको नोकरी बिगतको बर्ष देखि अहिले सम्म कोविडकै कारणले खोसिएकोछ।बेरोजगार नागरिकहरुको घरमा खाने खर्च जुटाउँन सारो भएकोछ।यस्तो भयभाव अबस्थामा एउटा प्रधानमन्त्रीलाई हटाएर आर्को दुरुस्तै बसालेपछि यँहा धुन्धान सँग खुसि मनाईन्छ आखिर किन यस्तो हुन्छ हाम्रो देशमा?देशमा कोरोना सर्छ भनेर दुरि कायम गर्ने हिदायत दिईन्छ।लाकडाउँन लगाएर देशलाई हरिकंगाल पारिन्छ अनि आर्को तिर स्वागत गर्नलुस गरिन्छ।के स्वागत जुलुश गर्दा कोरोना सर्दैन?याबत प्रश्नहरु यो लेखकको मनस पटलमा घुमिरहेकाछन।हामिले ओलिलाई हटाउँन खोजेका पनि होईनौ शेर बहादुरलाई ल्याउँन खोजेका पनि होईनौँ त्यसैले हर्श न बिष्मता भन्छौँ।एउटा देशलाई प्रतिगमन तिर ढेकल्न खोज्ने ब्याक्तिलाई देशका नागरिकहरुले हटाउँन सर्वोच्चको सहारा लिनु पर्यो।ओलि आफ्नै अहेंकारले सत्ता बाहिरीए।तर यसको अर्थ यो पनि होईन कि शेरबहादुर देउवा जनता र राष्ट्रीयताको हितमा कामगर्ने छन भनेर आस गरेकाहोलान।किन कि उनि देशमा पहिलो पल्ट प्रधान मन्त्री चुनिएका होईनन्।अहिले उनि पाँचौ पल्ट प्रधानमान्त्री चुनेका हुँन।यो भन्दा पहिलेका उन्का कार्याकाल कस्ता रहेका थिए त्यो देशभरी का जनताले ब्यह्योरेकैहुँन।
अहिले उनि प्रधानमन्त्री भएपछि जनतालाई कति खुसि होला?कति जनताले उनिप्रति आशगरेका होलान त्यो बिगतका उन्का कार्याकालहरु भोगेकाहरुले भन्न सक्नेछन।
हेरौँ शेरबहादुर जीको कार्यकालको समय निम्न अनुसारछ।
सबै भन्दा पहिले २०५१सालको मध्याब्दि निर्वाचनमा काँग्रेस दोस्रो भयो र सबैभन्दा ठुलो दल एमाले भएपछि मनमोहन अधिकारी लाई प्रधान मन्त्री बनाईयो।तर उन्ले बिसवासको मत हासिल गर्न नसकेपछि २०५२सालमा प्रथम पल्ट राप्रपाको सहयोग बाट देउवा प्रधानमन्त्री भएकाहुन। तर पछि राप्रपाले समर्थन फिर्ता ल्यायपछि सरकार ढल्यो।राजा ज्ञानेन्द्रले२०५९ सालमा उनैलाई अशक्षेम घोषणा गरेर प्रधान मन्त्रि बाट हटाएपनि पुनःदुई बर्षपछि२०६१मा पुन प्रधान मन्त्री बनाएका थिए।नेपाली कांग्रेस भित्र अन्तरद्वौन्द चर्केपछि देउवाले नेपाली काग्रेस(प्रजातान्त्रिक)गठन गरेर त्यसको अध्यक्षभए। तर जन आन्दोलन पछि २०६४मा त्यो पार्टी पुनःनेपाली कांग्रेस सँग एकिकरण भयो र उनि त्यो पार्टीको बरिष्ठ नेता बनेर बसे।
शेर बहादुर देउवाले देशको लागि कति काम गरे त्यो जग जाहेरनैछ हामिले भन्नु नपर्ला।उनि विपि कोईरालाको प्रेणा बाट संगठनमा आबद्ध भएका बताउँछन।नेपाल बिध्यार्थि सँग बाट सुरुगरेको राजनीतिक केरिएरमा पहिलो नेवि संगको निर्वाचित सभापति र संस्थापक सदस्य रहेका थिए।२०२८मा उनि नेवि संघको सभापति भए।उनि२०१७साल देखून राजनीतिमा होमिएका पुराना नेता मध्यका हुँन।२०४८,२०५१,२०५६डडेल धुराका साथै कैलालि र कञ्चनपुर बाट समेत संसदमा बिजय भएका थिए।
विस.२०५१मा मध्याब्दि निर्वाचनमा पार्टी दोस्रो भयो त्यस पछि शेरबहादुर देउवा संसदियदलका नेता भए।त्यो बेला कसैलाई सम्पष्ट बहुमत नमिलेपछि नेकपा एमालेलाई ठुलो दलको हैसियतले सरकार बनाउँन दिए।उन्ले२०५१को मंसिर१४ गते अल्पमतको सरकार बनाए।तर त्यो सरकारले बिस्वासको मत हासिल गर्न नसकेपछि २०५२मा शेरबहादुरले सत्ता सम्हाले।दोस्रो पल्ट गिरिजाको राजिनामा पछि २०५८सालमा साउँनको ७गते प्रधानमन्त्री भए।२०६१जेष्ठ२१मा तेस्रो पल्ट प्रधान मन्त्री भए त्यो बेला नेकपा एमालेले प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा सामिल भएका थिए।चौथो पल्ट२०७४जेष्ठ २४मा र पाँचौ पटक२९अषाढ२०७८का दिन उनि प्रधान मन्त्रीको सफत खाएकाछन तर उन्ले देश र जनताको लागि खासै केहि गरेको देखिएकोछैन।बरु जनताको अधिकार कुण्ठित पारेर राजदरवारमा बुझाएको ईतिहाश भेट्टिन्छ।
अहिले उन्लाई सबै भन्दा ठुलो शंघर्ष कम्युनिष्टहरु जो जति कम्युनिष्ट बिचार बाकि रहेकाछन उनिहरु सँग सहकार्य गर्ने एउटा चुनौतिनै हो।हुन त माओवादीको जन युद्धताक माओवादी बनाम देउवा भएका थिए।तर पछि माओवादीलाई सखाफ पार्ने अभियान पनि चलाएकाहुन।अहिले केविनेट स्तरका उनै जनार्दन शर्माहरु लगाएतका मन्त्रीहरु बनाएकाछन।
उन्ले आफ्नो कार्याको सुरुवात कसरि गर्छन त्यो हेर्न बाँकिनैछ एउटा संकेत भने उन्ले कुलमानलाई बिधुतमा बहालगर्ने र आलम अन्सारी लाई छुडाउँन पहेल गर्ने घोषणा भने आजै गरेको मिडियाहरुमा समाचारछ त्यो घोषणा गरिसकेकाछन।
शेरबहादुर देउवाले पहिले देश र जनताको लागि केहि गरे गरेनन त्यो भन्दा महत्वको कुरा अब गर्छनकि गर्दैनन?त्यो हो र हुनुपर्छ।देशमा यतिबेला कोरोनाको कहर त छँदैछ,बाढि पहिरो र तराईमा कयौँ भुभाग डुवानमा परेको अबस्थामा उन्ले कसरि सफलतापुर्वक देश र जनताको रक्षागर्छन त्यो पनि एउटा चुनौतिनैछ।आर्को एमसीसीलाई खारेज गरेर देशलाई रणक्षेत्रमा जानबाट जोगाउँने पनि अर्को चुनौतिको रुपमा रहेकोछ।आर्को देशमा चोर ढोकाबाट भित्रिएको संघियताको बारेमा उन्को धारणा हेर्न बाँकिनैछ।
यदि देशमा एमसीसीलाई फ्याकेर संघियतालाई खारेज गरेर देशलाई अग्रगिति तिर डोराउँन सकेभने त्यो बेला शेरबहादुरको पक्षमा जनताले स्वागत गर्नेछन।अहिले त मात्र जनताले जिम्मा दिएकोहो जिम्मामा खरा उत्रिएभने सदभावना जुलुसहरु गर्दा बढि राम्रो होला।
अहिले यो बिकट र तरलताको घडिमा एसरी स्वागत गर्दा संसारमा गलत सन्देशपनि जान सक्छ।एका तिर कोरोनाको कहर आर्को तिर पहाडमा बाडिपहिरो भलले जनताको घर भत्काएको बाढि पहिरोमा मानिशहरु पुरिएको यो अत्यान्तै दुःखद घटनाको सेरोफेरोमा ओलिलाई पच्छारेर सरकारमा सफत लिएका देउपाले ओलिको भन्दा राम्रो काम गरेर देखाउँन त्यहि हामिले कामना गर्छौँ।यो जिम्मेदारीलाई आफ्नो आत्मसाथ गरेर अगाडि बढुन।यस्तो नहौश भोलि ओलिको जस्तै देउवाको बिरुद्धामा सडक मा जनताहरुले आन्दोलनको उठान गर्न नपरोस भन्दै शेरबहादुर देउवालाई नयाँ जिम्मेवारीको बधाई तथा शुभ कामनाछ।

चर्चामा

सम्बन्धित समाचार