शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • न्यायपालिका किन चाहिन्छ?

न्यायपालिका किन चाहिन्छ?

  • बुधबार, असार ३०, २०७८
न्यायपालिका किन चाहिन्छ?

सुरेशकुमार पान्डे — कुनैपनि देशमा न्यायपालिकाको अर्थात(Judiciary वा Jodiciaial system वा Jodiciture को महत्वपुर्ण भूमिका रहन्छ।यस बाहेक अन्य दुई अंगहरु पनि प्रमुखछन।
कार्यपालिका र ब्यबस्थापिका।
देशमा यिनिहरु एक आर्कामा परसपर र अन्तरनिहित हुँन।मानौँ उधारणको लागि हाम्रो घरको एउटा निएम हुन्छ त्यो नियमलाई एकजनाले मान्दै नमाने पछि हामिले के गर्ने?न्यायलयको सरणमा पुग्नुपर्छ।
त्यो एउटा स्वतन्त्रताको बिधिहो जस्लाई बैधानिक रुपमा प्रयोग गरेर हामि न्यायलयको सरणमा जान्छौँ।कार्यपालिकाले मन मर्जि गर्नथालेपछि परिवारका सदस्यहरुलाई न्यायलयको ढोका खटखटाउँन बाध्य हुनुपर्छ।पुँजिवादी राजनिति प्रणालिमा यहि एउटा बिक्लपको रुपमा हेरिन्छ।अहिले ओलि सरकारले गर्दै आएको तानाशाहि र असम्बैधानिक वा प्रतिगामि शड्यन्त्रको बिक्लपको रुपमा न्यायपालिकाले सुनाएको फैसला लाई हामिले सम्बैधानिक रुपमा सहि ठहराउँनुपर्दछ।
कयौँ आफुलाई कम्युनिष्ट क्रान्तिकारीहरुले चर्को नारा लगाएर न्यायलयको निर्णयलाई कार्यापालिकामा गरेको हश्तक्षेपको रुपमा बुझ़्दा उनिहरु जानि वा नजानि त्यो कार्यपालिकाको नजिक पुग्दछन जुन एउटा राष्ट्र प्रमुखले तानाशहि र प्रतिगामि पाईला चालेको हुन्छ।
उँहाहरुको तर्कछ “के ओलि भन्दा देउपा ठिकछन त?जस्ले जनतन्त्रलाई राजाको झोलामा बुझायो!”हामिले देशलाई राष्ट्र प्रमुखको हैसियतमा रहेका ओलिले जुन पाईलो चालेका थिए त्यसको बिरोध गरेकाहौँ शेरबहादुरलाई प्रधान मन्त्री बनाउँन गरिएको शंर्घषहो भनेर बुझ्नु गलत हुनेछ।हामिले एउटा तानाशाही र प्रतिगामिको बिरुद्धमा जस्ले साथ दियो त्यसलाई लिएर त्यो देशलाई प्रतिगामि दिशा तर्फ लैजान रोकेकाहौँ।भबिश्यमा अरुले त्यहि प्रकिर्य अप्नायो भने त्यसको बिरुद्धामा पनि हामिले शंर्घष गरेर राष्ट्रीयता गणतन्त्रको रक्षागर्नु पर्दछ र त्यहि गर्नेछौँ।त्यसबारे हामिले भन्दैपनि आएकाछौँ,यदि देशलाई कसैले पनि गलत बाटोमा डोराउँन खोज्छभने त्यसको बिरोधमा शंर्घष गर्न तयार हुनैपर्छ।शेरबहादुर वा नेपाली काग्रेस को बर्ग चरित्रनै प्रतिकृयावादीहो र उनिहरुले कैले राजा कैहिले छिमेकीको टक्षमा काम गर्दै आएको पुरा ईतिहाशछ।आउँने दिनहरुमा त्यसको भुमिका लाई हेरेर बिरोध वा समर्थन गर्ने गर्नु पर्छ।
देशमा ओलिको पतन पछि पनि खतरा ज्युँका त्युँ हुँने सम्भावना प्रसस्तैछ।त्यसैले राष्ट्रीयताको रक्षा गर्ने प्रत्येक नागरिकको क्रतब्यपनि हो र हुन्छ।कयौँ हाम्रा मित्रहरुले फेशबुकमा उटपट्याङ र हाश्यास्पद स्टाईस लेखेर ठट्टा गर्दा नराम्रो लाग्छ।राष्ट्रीयताको सवालमा उँहाहरुले गर्नुभएको ठट्टाले कस्लाई फाईदा पुराउँछ।यतिबेला देश अत्यान्तै सम्बेदनशिल अबस्थामाछ।देशले सात दशक सम्म बलिदानि पुर्ण शंर्घष गरेर सम्बिधान ल्यायकोहो जो अंझैपनि संस्थागत हुँन सकेकोछैन।कयौँले सम्बिधानलाई जोस्तो सम्बिधानको पहिलो सभालाई अफ्सान गरेका थिए त्यस्तै अफसान गर्न खोजेकाछन।तेस्को जिवित उधारण संघियतालाई लिन सक्किन्छ जो गणतन्त्र सँग-सँगै आएको वा ल्याईएको थियो।अहिले त्यो सम्बिधानलाई कुनैन कुनै बहानामा छिमेकोको स्वार्थमा प्रयोग गर्ने संसोधन गर्ने प्रयास गर्दै आएकाछन।ओलिले झण्डै दुई तिहाईको बहुमतले चलाएको सरकारलाई अपदस्त गरेर आफ्नो वा छिमेकिको स्वार्थमा ढाल्न खोजे त्यो नै देशको लागि ठुलो खाड्लमा हाल्ने शड्यन्त्र थियो।जब राष्ट्रीयता र गणतन्त्रनै धरापमा लैजान थालेपछि त्यो हाम्रै बर्गको ब्याक्तिहो भनेर त्यसको साथ दिनेकी त्यसको बिरोध गर्ने यहिनै प्रमुख कुराहो।
पार्टी संगठनले अबस्थानुसारको ठोशनिर्णय लिन हक्नुपर्छ।नियम कानून् सबैको लागिहो।एउटा पुँजिवादी वा प्रतिकृयावादी सरकारको सैनिकलाई सफत दिलाउँदा यो भन्न लगाईन्छ “सामुन्य मेरो साख्खै भाई आएपनि गोली चलाउँदा मेरा हात काम्नेछैनन्।”राष्ट्रीयताको सवालमा एकजना देशभक्तको लागि त्यहि नियम लागु हुन्छ।
देशको प्रमुख पदमा रहेर राष्ट्रपति प्रधान मन्त्रि समेतले असम्बैधानिक गतिबिधि गर्दै देशमा जनताले सात दशक लडेर ल्यायको गणतन्त्रलाई निमूठ पार्न थाल्दा उनिहरुको बिरोध नगर्ने न्यायलयमा नजाने भनेपछि देशमा भयको न्यायलयको केकाम?आखिर न्यायलयले ल्याएको शहि निर्णयलाई सम्मान पनि गर्नैपर्छ।
कुनै पनि ब्याक्ति देशको हम्बैधानिक अंग भन्दा माथि हुँदैन त्यसकारण सम्बिधानले दिएको निर्णयलाई मानेर जानुपर्छ।
ओलि सरकारले गरेको प्रतिगमनको शड्यन्त्रलाई धरासाही पारेर देशको हितमा दिएको निर्णय लाई सबैले उच्च सम्मान गर्दै अबका दिनहरुमा देशलाई सम्भाबित आउँने खतरा सँग जुझन सबैलाई सचेत र संगठित गरेर जानुपर्छ।
सके सम्म ओलिलाई छाडेर बाँकी कम्युनिष्ट नाम धारिहरुले देशको र गणतन्त्रको रक्षाका लागि भयपनि एकता गरेर जानुपर्छ।
अहिलेको आन्दोलन भनेको जनताले गर्ने शंर्घषहो जस्ले भावि क्रान्तिको लागि आधार तैयार पार्ने प्रयात्न गर्दै बर्तमानमा देश र जनताको हितका लागि शंर्घष गर्दै जानुपर्छ।
हामि कम्युनिष्टहरुको लक्ष सतप्रतिसतको लागि हुन्छ तर पनि समय र परिस्थिति अनुसार एक प्रतिसतमा टेकेर ९९%को लागि शंर्घष गर्नु पर्दछ।मात्रै क्रान्तिकारी अतिरञ्जित नारा दिएर क्रान्ति सफल हुन सक्दैन त्यसको लागि राष्ट्रीय अन्तरराष्ट्रीय बस्तुगत बस्था र स्वायम क्रान्तिकारीहरुको आत्मगत बस्थामा निर्भर हुन्छ।हामिलाई आत्तुरि लागेर आबेशमा जोसिला स्टाईस लेखेर क्रान्ति सफल हुनेछैन।साथिहरुले आपसमा एक आर्कालाई तँ मैलो भन्दै गालि गलौच गर्ने कामले हाम्रो लक्षय उदेश्यमा दुरि र दरार मात्र ल्याउँनेछ।
हामिले अहिले सर्वोच्च अदालतले दिएको प्रतिगमन बिरुद्धको फैसलालाई स्वागत गरेर जाउँ तर न्यायपालिकाको बारेमा उपहाश गर्दा संसारमा गलत शंदेश जान्छ र न्याय पालिकाले निश्पक्षिय फैसला गर्न सक्नेछैन।अहिलेको यो फैसलालाई आत्मासाथ गरेर जानुपर्छ।

चर्चामा

सम्बन्धित समाचार