शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा : रुखबाट लडेर घाईते भएकी बमको उपचारका लागि १ लाख ५० हजार सहयाेग जुट्याे

बाजुरा : रुखबाट लडेर घाईते भएकी बमको उपचारका लागि १ लाख ५० हजार सहयाेग जुट्याे

  • मङ्लबार, असार २९, २०७८
बाजुरा : रुखबाट लडेर घाईते भएकी बमको उपचारका लागि १ लाख ५० हजार सहयाेग जुट्याे

बाजुरा — बाजुराको त्रिबेणी नगरपालिकाकी रुखबाट लडेर घाइते भएकी पुस्पान्जली बमको उपचारका लागि सहयाेग जुट्न थालेकाे छ । धनगडी स्थित निसर्ग अस्पतालमा उपचाररत बमकाे सहयाेगका लागि बुढिगंगा नगरपालिकाका क्रमचारी र कार्यपालिका सदस्य वडा अध्यक्षहरूबाट सहयाेग रकम उठेकाे हाे । त्रिबेणी नगरपालिका वडा न ८ निबासी खडक बमकी २३ बर्षिया श्रीमती गाउँ नजिकै घाँस काट्न गएको बेला घाईते भएकी थिइन । उनकाे उपचार गर्न आर्थिक अभाव भएकाे भन्दै नगरपालिकाका कार्यपालिका सदस्य वडा अध्यक्ष र क्रमचारीहरूले सहयाेग गरेकाे बमका श्रीमान खडक बमले बताएका छन । नगरपालिकाका क्रमचारीहरूबाट १ लाख २ सय पचास र कार्यपालिकाका सदस्य र वडा अध्यक्षहरूबाट ५० हजार गरि १ लाख पचाश हजार दुइ सय पचास रूपैया सहयाेग भएकाे बमले बताएका छन ।

उनको मरुदण्डको दुई ठाउँमा टुटेको निसर्ग अस्पतालका हाडजोर्नी बिषशेज्ञ डाक्टर श्रीराम खातीले बताएका छन । असार २२ गते गाउँ नजिकै डाले घाँसको रुखमा चढ्न लाग्दा चिप्लीएर घाईते बमको शुक्रबार धनगढि स्थित निसर्ग अस्पतालमा अपरेशन भएको उनका श्रीमान खडक बमले बताएका छन । घाइते बमको उपचारमा खटीएका चिकित्सकहरुलाई पुस्पान्जली बमले धन्यबाद दिएकी छन ।
उपचारको क्रममा धेरै पैशाको आबस्यक पर्ने भएकोले उनले आर्थिक सहयोग लागि अपील समेत गरेकी छन । आफु उपचाररत रहेको र आर्थिक स्थिती कमजोर भएकोले सबैले आर्थिक सहयोग गर्न आग्रह समेत गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार