शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा अलपत्र आउसे उपचार पछि घर फर्किए

आर्थिक अभाबमा अलपत्र आउसे उपचार पछि घर फर्किए

  • मङ्लबार, असार २९, २०७८
आर्थिक अभाबमा अलपत्र आउसे उपचार पछि घर फर्किए

बाजुरा–गौमुुल गाँउपालिका ४ मनाकोट बस्ने ४२ बर्षिय आउसे कामी उपचार पछि सञ्चो भएर घर फिर्ता भएका छन् । उनको काठमाडौ शिक्षण अस्पताल काठमाडौमा उपचार भएको थियो । आर्थिक अभाबमा उपचार गर्न नसक्दा अलपत्र परेको समचार बडिमालिका खबरमा प्रकाशित पछि उनको काठमाडौमा उपचार भएको हो ।
समचार प्रकाशित पछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले उपचार सहयोग गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेत वताएका छन् । समचार प्रकाशित पछि उनलाई बाजुरा बाट उद्धार गरेर काठमाडौमा लगेर उपचार गरेको हो । समचारमा अलपत्र परेको जानकारी पाएपछि उनको उपचारमा सहयोग गरेको अध्यक्ष बस्नेतले वताए । तिन महिना संस्थाले काठमाडौ राखेर उपचार पछि सञ्चो भएको हो । सञ्चो भएपछि घर पठाएको बस्नेतले वताए ।
आउसेको नशा सम्बन्धि समस्या भएको चिकित्सकले वताएका छन् । आउसेको खान बस्न देखी सम्पुणर् उपचार संस्थाले सहयोग गरेको थियो । आउसेलाई जिल्ला अस्पताल बाजुरा र बयलपाटा अस्पताल बाट अन्यत्र रिफर गरेको भएपनि पैसा नहुुदा अलपत्र अबस्थामा रहेको साउनेकी श्रीमति साउनी कामिले बताएकि थिईन् । संस्थाको सहयोगमा काठमाडौ उपचार भएर सञ्चो भएको छ । पत्रकारलाई भेटेर हामिले समस्या राख्यौ, अहिले उपचारमा सहयोग भएको खुशी हुदै उनले वताईन् ।
आउसेको २०६५ सालमा यस्तै समस्या भएपछि दायाँ खुुट्टा काटनुु परेको थियो । जेनतेन गरेर उपचार गरे, कोहोलपुुर मेडिकल कलेजमा खुुट्टा काटेर ठिक भएको थियो आउसेले वताए । त्यो बेला नेपालगञ्जमा क्यान्सरका कारणले खुुट्टा काटेको भएपनि तर उनको नशा सम्बन्धि समस्या रहेको शिक्षण अस्पताल काठमाडौले वताएको छ । राम्रो सँग रोगको निदान नगरेर खुुट्टा काटेको अस्पतालले जनाएको छ । उनको अर्को खुुट्टाको पैतलामा घाउ रहेको थियो, पिप आइरहेको थियो । उपचार पछिसञ्चो भइरहेको आउसले वताएका छन् ।
अस्पतालले आउसेलाई नेपालगञ्ज तथा काठमाडौ लिनुुपर्ने वताएपनि पैसा नहुुँदा बयलपाटा अस्पताल बाट घर फिर्ता भएका थिए । दायाँ खुुट्टामा घाउ भएको बेला सुुगर र क्यान्सर भएको भन्दै डाक्टरले खुुट्टा काटिएको थियो, १२ बर्ष सम्म केही भएको थिएन्, ५ महिना देखी अर्को खुुट्टा पनि घाउ शुुरु भएको आउसेले वताए । स्थानिय स्वास्थ्य चौकी हुुदै अस्पताल सम्म पुुग्दा पनि ठिक नभएको थियो ।
आउसेकी श्रीमति साउनी कामी श्रीमानको उपचारका लागि हारगुुहार गरिरहेकी थिईन् । भएको सम्पत्ति पहिला बिरामी हुुँदा बिक्रि गरेर सकेको थियो, अहिले नेपालगञ्ज काठमाडौ जाने गाडिभाडा समेत थिएन् । ३ हप्ता पहिला घरमा २ वटा बच्चा छोडेर उपचारका लागि श्रीमानलाइ अछाम पुुयाए, त्यहाँ ठिक नहुुने भनेपछि फिर्ता ल्याएको रुदै साउनीले वताईन् ।
आउसेकी श्रीमति साउनी श्रीमानको उपचार सहयोगका लागि सदरमुुकाम मार्तडीमा भौतारिरहेकी थिईन् । सम्पत्तिको नाममा एक खरले छाएको छाप्रो घर भन्दा बाहेक अरु केही नरहेको स्थानियले वताएका छन् । गौमुुल गाउँ पालिका अध्यक्ष हरि बहादुुर रोकायाले भने सामान्य उपचार खर्च त गाँउपालिकाले सहयोग गरेका थियौ, काठमाडौ जाने र आउने भाडा गाउँपालिकाले सहयोग गरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार