बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रमुख पदमा बिराजमान छन नारी देशमा,

प्रमुख पदमा बिराजमान छन नारी देशमा,

  • आइतवार, असार २७, २०७८
प्रमुख पदमा बिराजमान छन नारी देशमा,

प्रमुख पदमा बिराजमान छन नारी देशमा,
किन भैन समानता आमा महतारि देशमा।

अन्याय अत्याचार ज्युँका त्यौँछ आजपनि,
खुलेआम घुमेका हुन्छन बलत्कारी देशमा।

हट्टा कट्टा नौजवान अर्कैको देश जोगाउँन,
असाय माथि रजाई गर्छ सिमावारी देशमा।

लाकडाउँन पछि त झनै बेरोजगार भएछौँ,
आज घरघरमै बढेकोछ बेरोजगारी देशमा।

कस्को भरपर्ने हामि सबैको ब्यबहार उस्तै,
राजनीतिकै आबरणमाछ ब्यापारी देशमा।

सडकमा आन्दोलन गर्ने संसदमा गफ गर्छ,
कसरी हुन्छ बिकाश कुर्चिकै बिमारी देशमा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार